ताजा खबर

समाचार

  • स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण

    वैशाख २,२०७५ - सोलुखुम्बु जिल्लामा रहेको स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । सोलुखुम्बु जिल्लालाई पुर्ण खोप सुश्चिितता घोषणा सभा कार्यक्रमका बीच आज आइतबार  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरविर मार्फत स्थानीय तहका प्रमुखहरुलाई स्वास्थ्य संस्थाको सम्पुर्ण कागजात हस्तान्तरण गरिएको हो ।
     
    नेपालको संविधानको अनुसुचि ८ र ९ मा तोकिएको अधिकारको कार्यगत विश्लेषण तथा जिम्मेवारी बाडफाँड अनुसार स्थानीय तहलाई स्वास्थ्य संस्था व्यवस्थापनको अधिकार दिइएको छ ।  
     
    स्वास्थ्य सम्वन्धि कार्यहरु स्थानीय तहबाट संचालन गर्नका लागि नेपाल सरकार अर्थ मन्त्रालयको स्थानीय तह बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति सम्वन्धि निर्देशिका २०७४ साथै स्वास्थ्य मन्त्रालय संघियता कार्यान्वयन इकाई, संघिय मामला तथा स्थानीय विकास मन्त्रालय विकेन्द्रीकरण शाखाको  पत्रअनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगत रहेको विभिन्न स्वास्थ्य संस्थाको सम्पुर्ण विवरण आज हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सुचना अधिकारी पवन लामाले जानकारी दिनुभयो ।
     
    सोलुदुधकुण्ड नगरपालिका, खुम्बुपासाङल्हुम गाउँपालिका, माम्य दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका, लिखुपिके गाउँपालिका, नेचासल्यान गाउँपालिका, थुलुुङ दुधकोशी गाउँपालिकाका प्रमुख र उपप्रमुखले स्वास्थ्य संस्थाको विवरण वुझ्दै स्वास्थ्य संस्थालाई व्यवस्थित गराई जनतालाई प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्धता जनाएका छन् । खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शर्पाले गाउँपलिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर बजेट विनियोजन गरेर काम गर्ने  बताउनुभयो ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org