ताजा खबर

समाचार

  • सगरमाथा आधार शिविर देखी क्याम्प २ सम्मको बाटो बनाउने काम सकियो ।

    news

    भोजराज कार्की
    सोलुखुम्बु ः सगरमाथा आधार शिविर देखी क्याम्प दुई सम्मको बाटो निर्माणको काम सम्पन्न भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान प्रयोग गरिने उक्त बाटो निर्माण गरिएको आईसफल डक्टर आङसर्की शेर्पाले जानकारी दिनुभयो । 
    आधार शिविर देखी क्याम्प एक र क्याम्प दुई सम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का आइसफल डक्टरको समुहले निर्माण गरेका हुन् । आईसफल डक्टर आङकामी शेर्पाको नेतृत्वमा आठ जनाको समुहले बटो निर्माण गरेका हुन् । गत (अप्रिल १) अर्थात गत चैत्र १८ देखी निर्माण सुरु गरेका समुहले (अप्रिल ११) अर्थात गत शुक्रबार क्याम्प २ सम्मको बाटो बनाउने काम सकेको आईसफल डक्टर आङसर्की शेर्पाले जानकारी दिनुभयो । लामा विधिद्धारा पुजापाठ गरेपछि औपचारीक रुपमा बाटो बनाउने काम सुरु गर्ने प्रचलन छ ।
    बाटो निर्माण गर्ने काम निक्कै चुनौती पुर्ण छ । डक्टर शेर्पाले भन्नुभयो, “आधारशिविरदेखि क्याम्प २ सम्म ‘आइसफल’ क्षेत्रमा धातुको भ¥याङहरू डोरीले बाँधेर तीनलाई जोडेर पुलहरु बनाउने काम सक्यौ, अहिले आरोहीहरु धमाधम क्याम्प २ तर्फ लागीरहेका छन् ।” 
    एकै स्थानमा दुई देखी तीन वटा सम्म भ¥याङ जोड्नुुपर्ने डक्टरको भनाई छ । क्याम्प २ सम्म ११ स्थानमा भ¥याङ राख्ने र अन्य क्षेत्रहरुमा समेत डोरी टाङ्ने काम गरिएको डक्टर शेर्पाले बताउनुभयो । 
    आईसफल डक्टरको समुहमा आङकामी शेर्पाको नेतृत्वमा आङ सर्की शेर्पा, ङिमा दोर्जी शेर्पा, मिङ्मा शेर्पा, याङ्डा शेर्पा, मिङ्मा पेम्बा शेर्पा, ङिमा वाङ्छु शेर्पा र दावा जाङ्बु शेर्पा रहेका छन् । आङकामी शेर्पा १९ बर्ष देखी निरन्तर यस कार्यमा सहभागी हुनुहुन्छ भने आङसर्की शेर्पा ११ बर्ष देखी निरन्तर आइसफलको बाटो निर्माण गर्ने कार्यमा सक्रिय हुनुहुन्छ । 
    बिहिबार देखी क्याम्प २ हुदै चुचुरो जाने बाटो निर्माण गरिने पनि डक्टर शेर्पाले जानकारी दिनुभयो । यस याममा चुचुरो सम्म जाने बाटो निर्माणको जिम्मा हिमालयन गाईड कम्पनीले लिएको छ । 
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org