समाचार

  • सोलुखुम्बुको पाङ्गोम गुृम्बामा तेह्रो बज्रगुरु थुङग्युर मन्त्रजप कार्यक्रम जारी ।

     
    सोलु एफ एम, २०७५ बैशाख ४—सोलुखुम्बुको खुम्बुपासाङ ल्ह्मु गाउँपालीका  १ स्थीत पाङ्गोम गुृम्बामा आयोजीत विश्व शान्ति पुजा तेह्रो बज्रगुरु थुङग्युर मन्त्रजप कार्यक्रमको मगंलबार दोस्रो दिन विभिन्न लामाबिधिअनुसार पुजाआज भईरहेको छ । 
    कार्यक्रमको तेस्रो दिन अर्थात भोली तेङ्बोचे गुम्बाका प्रमुख लामा ङवाङतेञ्जिङ जाङ्बु रेम्पोन्र्छेद्धारा दिर्घायुको अभिशेक वाङ् प्रदान गर्ने कार्यक्रम रहेको स्थानीय आयोजक समितिका कोषाअध्यक्ष लामा ङवाङ साक्यले जानकारी दिनुभयो ।
    बैशाख १ गते तेङ्बोचे गुम्बाका प्रमुख लामा ङवाङतेञ्जिङ जाङ्बु रेम्पोन्र्छे, टुल्कु पेमा थाप्चीङ रेम्पोन्र्छे, स्याङ्दाक टुल्कु रिम्र्पोछेको विशेष उपस्थितिमा उद्घाटन गरिएको थियो ।  कार्यक्रममा सोलुखुम्बु सहित विभिन्न जिल्लाका करिब ६ सय जना आनी ठावा लगाएत अन्य भक्तजनको उपस्थिति रहेको आयोजकले जनाएको छ । विभिन्न गुम्बाका धर्मगुरुहरुको उपस्थितिमा मन्त्रजप कार्यक्रम भईरहेको आयोजकले जनाएको छ ।
    करिब साढे दूई करोडको लागानीमा हुनगईरहेको पुजामा विभिन्न चुनौती रहेको लामा साक्यको भनाई छ । भौगोलीक विकटताको कारण भक्तजन तथा अतिथि आउनको लागि समस्या रहेको उहाको भनाई छ । 
    बेशाख ८ गते परमपुज्य जटोलसाङ्गे रेन्पोन्छे प्रमुख अतिथिको रुपमा पाङ्गोम आउने कार्यक्रम रहेको छ । कार्यक्रम स्थलमा सामान्य स्वस्थ्य शिविर सहित सुरक्षा व्यवस्था समेत मजबुद्ध बनाईएको आयोजकले जनाएको छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org