समाचार

  • सोलुखुम्बुको महाकुलुङमा यस बर्ष औषधी अभाव नहुने ।

     
    सोलु एफ एम, २०७५ बैशाख ४—
    सोलुखुम्बुको महाकुलुङमा यस चालु आर्थिक बर्षमा औषधी अभाव नहुने बताएको छ । यस बर्ष गाउपालीकाले समयमै प्रयाप्त औषधी खरिद गरेसगै महाकुलुङबासी औषधी अभावको समस्याबाट मुक्त भएका हुन । विगतका बर्षहरुमा पटक पटक औषधी अभावको महार खेप्दै आएका महाकुलुङका स्थानियले जनप्रतिनिधि आएसगै सो समस्याबाट मुक्त हुने भएका हुन । 
    औषधीका लागी गाउपालीकाबाट ५ लाख र स्वास्थ्य सेवा विभागबाट ३ लाख ९० हजार गरी आठ लाख ९० हजारको औषधी खरिद गरेकोे गाउपालीकाका स्वास्थ्य सहसम्योजक हरि आर्चयले जानकारी दिनुभयो । उक्त औषधी गाउपालीकाको सम्पुर्ण स्वास्थ्य चौकीहरुमा वितरण गरिसकेको  स्वास्थ्य सहसम्योजक आर्चयले बताउनुभयो । 
    गाउपालीकाले गरिद गरेका ३५ प्रकारका औषधी वडाको स्वास्थ्य चौकीहरुलाई वितरण गरिसकिएको र स्वास्थ्य चौकी नभएको वडा नम्बर २ र ४ मा पनि स्वासथ्य चौकी निर्माणको पहल भईरहेको गाउपालीकाले जनाएको छ । यस बर्ष महाकुलुङ गाउपालीकामा कुनै पनि प्रकारको औषधी अभाव नरहेको गाउपालीका स्वास्थ्पय सहसम्योजक आर्चयले जानकारी दिनुभयो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org