समाचार

  • हाईड्रोपावरबाट क्षती पुर्ती नपाएपछि तिङ्लाबासी आन्दोलीत ।

    news

    सोलु एफ एम, ७ बैशाख 
    सोलुखुम्बु, ः तिङलाका हाईड्रो प्रभावित स्थानियले विहिबार प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । तिङलामा निर्माणाधिन ८२ मेगावाट तल्लो सोलुखोला जलविद्युत आयोजनाले स्थानियको मागलाई बेवास्ता गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
     
    निर्माणाधिन हाईड्रोका कारण स्थानीय स्तरमा परेको असर तथा विभिन्न क्षतीपुर्तीको व्यवस्था हुनुपर्ने स्थानीयको माग छ । हाईड्रोको कारण पानीको मुहान सुक्दै गएको, सायौ रोपनी खेत सिञ्चाईबाट बञ्चित भएको, निर्माणका लागि प्रयोग गरिने रसायनका कारण खानेपानी दुषित भएको, स्थानीयको जग्गा बारीमा ढुंगा झरेर खेतीबाली नष्ट गरेको भन्दै स्थानीयले हाईड्रो पावर समक्ष क्षतीपुर्ती मागेको स्थानीय प्रकाश कार्कीले बताउँनुभयो । कार्कीले भन्नुभयो, “पटक पटक हाईड्रो पावरका कर्मचारी संग बसेर वार्ता ग¥यो विभिन्न आश्वसन पनि पाईयो तर हाम्रो मागको सम्बोधन भएन ।”
    यस अघिपनि स्थानीयले आयोजनाको काम समेत ठप्प पार्ने गरि आन्दोलनका कार्यक्रम समेत सञ्चालन गरेका थिए । अहिले पनि उनीहरुले काम गर्ननदिने भन्दै आन्दोलनका कार्यक्रम जारी राखेको स्थानीय प्रकाश कार्कीले बताउँनुभयो । “स्थानीय आन्दोलित हुँदा तत्काल माग पुरा गर्छौ भन्छन्” स्थानीय सिंहबहादुर बस्नेतले भन्नुभयो, पटक पटक ध्यानाकर्षण गराउँदा पनि भएन त्यसैले प्रशासनको सहयोग माग्न आएका हौ ।”
    स्थानीयको मञ्जुरी लिएर जग्गा प्रयोग गरिएको तर त्यसको मुअब्जा नपाएको स्थानीयको गुनासो छ । स्थानीय भिम बहादुर कार्कीले भन्नुभयो, “जग्गाको मञ्जुरी लिएर प्रयोग गरेको तीन दुईबर्ष बित्यो तर अझै मुअब्जा पाएका छैनौ ।” खेतीबाली नष्ट भएको त कुरै छाडौ दिन्छौ भनेको समेत दिएका छैनन् स्थानीय प्रकाश कार्कीले भन्नुभयो, “सिडिओ साबले बैशाख १५ सम्ममा माननीय सहितको सर्वपक्षिय छलफलको आयोजना गर्ने वातावरण बनाउँछु भन्नुभएको छ, अब चाही केहि निकास निस्किएला ।”
     
      आयोजनाका प्रशासन प्रबन्धक कविराज पौडेलले स्थानियको जायज मागहरु सम्बोधन गर्न आफुहरु तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, स्थानीयको कतिपय माग पुरा गर्न नसकिने खाल्को रहेकाले समस्या आईरहेको छ ।” स्थानीयले उठाएको विषयलाई आफुले गम्भिर रुपमा लिएको बताउनुहुदै चाडै बार्ताबाट निकास निकाल्ने उहाँको भनाई छ । 
    आयोजनाले काम सुरु गरेको ३२ महिना वितिसक्यो तर आज सम्म स्थानीय स्तरमा कामको प्रगति विवरण केहि पनि सार्वजानिक गरेको छैन । सञ्चार माध्यमले आयोजनाको कार्यप्रगति र खर्च विवरण माग्दा समेत आयोजनाले आलटाल गरिरहेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org