समाचार

  • सोलुखुम्बु्को नेचा सल्यानमा पाँच दिने बाख्रा तालिम सुरु ।

         डिल्ली शर्मा,सोलु एफ एम ।
    सोलुखुम्बु बैशाख ७–महिला तथा बालबालीका शाखा नेचा सल्यान गाउँपालीकाको आयोजनामा पाँच दिने बाख्रा पालन सिप बिकास सम्बन्धित तालिम सुरु भएको छ । तालिममा सावीक नेचाबतासे ६ का सहकारी संस्थामा आवद्द रहेका २० जना महिलाको सहभागीता रहेको छ ।
         तालिमको सहजीकरण पशु विकास शाखा नेचा सल्यानका प्रमुख खगेन्द्र विश्वकर्माले गरिरहनुभएको छ । तालिम बैशाख ११ गते सम्म सञ्चालन हुने छ ।
         यसैबीच, रिड नेपालको आयोजनामा आधारभुत तहका शिक्षकहरुलाई ५ दिने पुन ताजकी तालिम सुरु भएको छ । नेचा स्रोत केन्द्र भित्रका आधारभुत तहका शिक्षकहरुलाई लक्षित गरि आयोजीत उक्त तालिममा १ सय जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको छ ।
         हिमाल दर्शन माध्यमीक विद्यालयमा सञ्चालित उक्त तालिममा अग्रेजी नेपाली, विज्ञान, गणित र सामाजकि अध्ययन विषयमा अध्ययनरत शिक्षकहरुको सहभागीता रहेको छ । तालिमको सहजीकरण देशी तथा विदेशी प्रशिक्षकले गरिरहनुभएको पनि बताइएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org