समाचार

  • सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालित घुम्ती शिविरबाट १ सय बढिले सेवा लिए ।

     
    डिल्ली शर्मा,सोलु एफ एम सोलुखुम्बु,बैशाख ९—सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नम्बर २ मा सञ्चलित एकिकृत घुम्ती शिविरमा १ सय १४ जनालाई नेपाली नागरिकता वितरण गरिएको छ । गाउँपालिकाको सहकार्यमा आयोजीत उक्त शिविरमा नेपाली नागरिकता र अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । 
    जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुनिल खानालको नेतृत्वमा गएको टोलीले २५ जनाको नेपाली नागरिकता नविकरण गरेको छ ।  भने ८९ जनालाई प्रतिलिपि सहित नयाँ नागरिकता वितरण गरेको हाम्रा सहकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो । यस्तै महिला बालबालीका कार्यालय सोलुखुम्बु मार्फत २ जनालाई (क) बर्गको अपाङ्गता परिचयपत्र समेत वितरण गरिएको छ । शिविर नेचा सल्यान गाउँपालिकाको वडा नम्बर १ र २ सल्यानलाई लक्षित गरि आयोजना गरिएको थियो ।
    यस्तै शिविर आगामी १० गते नेचा सल्यान गाउँपालीकाको वडा नम्बर ३, ४ र ५ का लागि गाउँपालिकाको कार्यालय नेचा विहिबारेमा सञ्चालन हुने गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । जनलाई घरदैलोमा सहज सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको अध्यक्ष बास्तोलाको भनाई छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org