समाचार

  • २२ वटा हिमाल आरोहणका लागि झन्दै ७ सयले आरोहण अनुमति पाए ।

     
    सोलु एफ एम सोलुखुम्बु,बैशाख ९—यस वर्षको वसन्त ऋतुमा  सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् ।  पर्यटन विभागका अनुसार शुक्रबारसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । 
    यी मध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ वटा टिमका ३४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएका धेरै टिम वेसक्याम्प पुगिसकेका छन्, भने सम्पर्क अधिकृत पनि खटिएको विभागले जनाएको छ । अघिल्लो वर्ष सन् २०१७ को यही याममा १०८ समुहका ८३८ आरोहीले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ४३ वटा टिमका ३३६ आरोही सगरमाथा आरोहणमा गएका थिए । 
    सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि अझै केही दिन आरोहण अनुमति दिने बताइएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले हिमाल आरोहणको याम अझै एक महिना बाँकी रहेकाले सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि आरोही बढ्ने सम्भावना रहेको बताउनुभयो । 
    सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि ९ टिमका ९६ जनाले अनुमति लिएका छन् । यस्तै, कञ्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धवलागिरि हिमालका लागि तीन टिमका ३४ जना र मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका छन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org