समाचार

  • सोलुखुम्बु सदरमुकाम स्थित साप्ताहिक हाटमा शनिबार तरकारी मुल्यमा बृद्धि ।

    news

     
    अन्जु कार्की सोलु एफ एम सोलुखुम्बु,बैशाख ९— 
    सोलुखुम्बुको सदरमुकाम स्थित साप्ताहिक हाट नयाँबजारमा शनिबार तरकारीको मुल्यमा बृद्धि भएको छ । यस सिजनमा स्थानिय स्तरमा उत्पादन हुने तरकारीको उत्पादन कम हुने भएकाले मुल्यमा केहि बृद्धि भएको ब्यापारीहरुले बताएका छन् ।
    अघिल्लो हप्ता ५० रुपैया प्रति केजिमा विक्रि भईरहेको टमाटर ६० रुपैयामा विक्रि भएको छ । त्यस्तै १२० रुपैया प्रति किलो विक्रि भईरहेको हरीयो सिमि यो हप्ता १५० रुपैयामा किनबेच भएको ब्यापारीहरुले बताएका छन । त्यसैगरी अदुवा,बन्दा,काउली लगायतको तरकारीको मुल्य पनि अघिल्लो हप्तामा तुलनामा बृद्धि भएको स्थानिय निशा राईले बताउनुभयो ।
         त्यसै गरी काठमाडामा समेत तरकारीको मुल्यमा बृद्धि भएका कारण तराई तथा काठमाण्डौबाट आएका तरकारीको मुल्यमा समेत यो साता बृद्धि भएको  ब्यापारी धनकुमार राईले बताउनु भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org