समाचार

  • कौडा गित " दन्त्य मोहनी " को म्युजिक भिडियो छायाकंन सकियो

    news

     
    सोलु एफएम, सोलुखुम्बु -
    संचारकर्मी यमुना मगरको “दन्त्य मोहनी”कौडा गितको म्युजिक भिडियो छायांकन सकिएको छ । वैशाखको पहिलो साता म्यूजिक भिडियोको छायाँकन ललितपुरको भैसेपाटीमा गरिएको हो । म्युजिक भिडियोमा मगरहरुको भेषभुषा सहित लालबहादुर मगर र माया शेर्पा, जिवन थापा मगर, गायक सागर विरही र गायिका मगर स्वंमले अभिनय गर्नुभएको छ । कलाकारहरुको अभिनयले गितलाई न्याय गरेको गायिका मगरको भनाई छ ।  म्युजिक भिडियोको  निर्देशन विक्रम चौहानले गर्नुभएको हो । 
    अडियो सँगै म्यूजिक भिडियो गायिका मगरकै जन्मदिनको अवसरमा सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आगामी जेठ ६ गते विशेष कार्यक्रम गरी  सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो  । मगरहरुको संस्कृति तथा परम्परा सँग सम्वन्धित  मौलिक गित भएकाले म्युजिक भिडियो सगै बजारमा गित आएपछि स्रोता दर्शकले रुचाउने विश्वास व्यक्त गर्नुभयो । 
    आफ्नो परिवार तथा आफन्तले आर्थिक,भौतिक रुपमा विशेष सहयोग गर्नुभएकाले भिडियो सहित स्रोता दर्शक माझ अर्को सांगितीक कोशेली लिएर आउन सम्भव भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । 
    नरेन्द्र वियोगीको संगित संयोजनमा चर्चित स्रष्टा सर्जक सिपि मगरको लेखन तथा लयमा, स्थापित गाएक तथा मोडल सागर विरही र यमुना मगरको सुमधुर आवाजमा अडियो तयार भएको हो । 
    सिद्धिचरण नगरपालिका वडा नं ६ जन्तरखानी ओखलढुगांमा जन्मेकी मगरको  ल्यायो फेरी तिज यो बर्षले, लोकदोहारी गित लेकमा चौरी गाई बजारमा ल्याइसक्नुभएको छ । 
     
     मगर र शेर्पाको सहकार्य दोहोरियो 
    गायिका यमुना मगर र नृत्यांगना माया शेर्पाको सहकार्य दोहोरिएको छ ।  मगरको  लोक दोहोरी गित लेकमा चौरी गाईमा अभिनय गरीसक्नुभएकी शेर्पाले कौडा गित दन्त्य मोहनीमा पनि अभिनय गर्नुभएको हो । बाल्यकाल देखि नै विशेष गरी सास्कृतिक नृत्य गर्दै आउनुभएकी सोलुखुम्बुकी शेर्पाले गित र आफ्नो रुची  समेत मिलेकाले आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गरेको बताउनुभयो । पहिलो भिडियोबाट पनि राम्रो प्रतिक्रिया पाएकाले आफ्नो अभियन दर्शकले रुचाउनेमा आफु विश्वस्त रहेको मोडल शेर्पाको भनाई छ । आफ्नो कला सस्कृति प्रतिको मोह सगँै भविष्यमा पनि यस्तो अवसरमा आएमा काम गर्ने चाहाना रहेको शेर्पाले बताउनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org