समाचार

  • सोलुखुम्बु प्रहरीको सफल अपरेशन ।

    news

       सोलु एफ एम,बैशाख ९– जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्लामा भएका चोरी, सार्वजनिक अपराध तथा जबरजस्ती करणी जस्तो जघन्य अपराधमा संलग्नको आरोपमा पक्राउ परेकाहरुलाई सामुदायिक प्रहरी सेवा केन्द्रमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । अपराध अनुसन्धानका लागि प्रविधिको प्रयोग सँगै सबैको साथ र हौसलाका कारण प्रहरीले सफलता हात पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरिक्षक रेशमबहादुर पराजुलीले बताउनुभयो । 
    निमार्ण सामाग्री  चोरी अभियोगमा पक्राउ पर्नेमा सबै सोलुखुम्बु जिल्लाकै रहेका छन् । जस्मा थुलुङ दुधकोशी गाउँपालिका वडा नं १ बस्ने १९ बर्षिय अर्जुन भुजेल, सोलुदुधकुण्ड नगरपालिका वडा नं ११ बस्ने १८ बर्षिय मुकेश खड्का,  १९ बर्षिय अर्जुन खड्का, २७ बर्षिय भलबहादुर विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको १ जना फरार रहेकाले खोजी कार्य जारी रहेको डिएसपी पराजुलीले जानकारी दिनुभयो । चोरी भएका सामाग्रीहरु बरामद गरी प्रहरीको नियन्त्रणमा रहेको छ ।  गत चैत्र २७ गते विहान १ बजे उक्त घटना भएको थियो । 
    यस्तै गरी यही वैशाख ४ गते नेपाल कम्यूनिष्ट पार्टी माओवादी विप्लब समुहका कार्यकर्ता हु भन्दै पुर्वी नेपालको बन्दको आब्हान गरी सवारीसाधन रोक्ने, बाटो छेक्ने, विभिन्न व्यक्तिलाई धाकधम्की दिएर अशाान्ति फैलाएको आरोपमा २ जना पक्राउ परेकालाई सार्वजनिक गरिएको छ ।  सोलुदधकुण्ड नगरपालिका वडा नं ११ तिंला बस्ने २३ बर्षिय विवेक राई, थुलुङ दुधकोशी गाउँपालिका वडा नं ८ बस्ने ३५ बर्षिय मनिष भनिने मणिकुमार राई रहेका छन् । उनीहरुलाई सार्वजनिक अपराध अन्र्तगत मुद्धा दायर गरी कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नेकपा माओवादी विप्लब समुहका कार्यकर्ता सगँ भएका दस्तावेज, चन्दा, रसिद लगायतका कागजात पनि वरामद गरेको छ । 
    यस्तैगरी गएको फागुन १३ गते राती एकै पटक सदरमुकाम सल्लेरीको ६ वटा पसलका साथै तामाखानी मन्दीरमा चोरी गरी फरार भएका  अभियुक्तलाई सार्वजनिक गरिएको छ । शिलशिलेवार चोरीमा संलग्न रहेका  रुपाकोट  मझुवागढी नगरपालिका वडा नं १२ खोटाङका ओमन भन्ने २२ बर्षिय अनिल श्रेष्ठलाई कास्की पोखराबाट पक्राउ गरी सोलुखुम्बु ल्याईएको हो । अभियुक्त श्रेष्ठले ओखलढुगां, खोटाङ लगायत अन्य जिल्लाका विभिन्न ठाउँमा समेत चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चोरी  गर्दा ताला चावी फुटाउन प्रयोग गरेको बाङ्गो फलामको रड र फुटाएका चावी समेत प्रहरीले सार्वजनिक गरेको छ । 
    अभियुक्तहरुलाई म्याद थप गरी चोरी तथा सार्वजनिक अपराध अन्र्तगत मुद्धा दायर भएको र अदालतको फैसला अनुसार कैद सजाय हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । साधरण प्रकृतिका चोरीमा कसुरदारलाई जनही सो चोरीको जम्मा विगो बमोजिम जरिवाना र पहिलो पटक चोरी गर्नेलाई एक महिना, दोस्रो पटक तिन महिना, तेस्रो पटक  ६ महिला, चौथो पटक  १ बर्ष, पाँचौ पटक २ बर्ष, छैटौ पटक  ४ बर्ष र सो भन्दा बढि जतिसुकै पटक भएपनि ६ बर्ष कैद सजायको व्यवस्था रहेको छ । 
    प्रहरीले बरामद गरेको  सामाग्रीहरु जिल्ला अदालतका न्यायधिशको आदेश बमोजिम प्रमाणका लागि अभिलेख राखी सनाखत गरेर सम्वन्धित व्यक्तिहरुले प्राप्त गर्ने बताइएको छ  । यस्तै थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ वेताकुमा श्री मनकामना कन्सट्रक्सनको स्काभेटर र सोताङ गाउँपालिका वडा नं १ देविस्थानमा डोजरमा भएको आगोलागीको घटना सम्वन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org