समाचार

  • यौनजन्य हिसांमा संलग्नलाई उन्मुक्ति दिन नहुने अधिकारकर्मीको भनाई

    news

     
    वैशाख ९, २०७५
    सोलु एफएम, सोलुखुम्बु -
     
    सोलुखुम्बु जिल्लामा भएका महिला हिंसा सम्वन्धी घटनाका दोषीलाई कडा  कारबाही हुनुपर्ने माग गरिएको छ ।  महिला मानव अधिकारकर्मीले आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै यस्तो माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सामुदायिक प्रहरी सेवा केन्द्र सल्लेरीमा अभियुक्तलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 
    आफ्नै छोरीलाई ११ बर्षको उमेर देखि डरधम्की देखाई जबरजस्ती करणी गर्दै आएका ५० बर्षिय बाबुलाई  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आइतबार सार्वजनिक गरेको हो ।  गत चैत्र २९ गते विहान १० बजे घरमा कोही नभएको मौका पारी खाना बनाउँदै गरेकी छोरीलाई डर क्रासमा पारेर जबरजस्ती करण गरेको र पिडीतले आमालाई बताएपछि आमाले प्रहरीलाई उजुरी गरेपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको हो । हाल १४ बर्षकी ति बालिका २४ हप्ताको गर्भवति छिन् । पटक पटक जबरजस्ती करणी गरेकै कारण गर्भवति बनेकी ति वालिकालाई हिंसा प्रभावितको लागि जिल्ला सेवा केन्द्र सोलुखुम्बुले संरक्षण दिईरहेको छ । उनको व्यवस्थापनका लागि महिला तथा बालवालिका कार्यालयले समेत पहल गर्ने भएको छ । 
    यसअघि सोलुखुम्बु  जिल्लामै अर्का एक व्यक्तिले आफ्नो माइली छोरीलाई सानै उमेर देखि पटक पटक बजरजस्ती करणी गरेको र विवाहित जेठी छोरीलाई समेत २०७४को बडादशैमा जबरजस्ती करणी गर्न खोज्दा प्रहरीमा उजुरी परेपछि अनुसन्धान पश्चात कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । 
    कार्यक्रममा महिला तथा बालवालिका कार्यालय सोलुखुम्बुकी महिला विकास अधिकृत रश्मी श्रेष्ठले यौनजन्य हिंसाका जघन्य अपराधहरुमा संलग्नलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै यस्मा सबैले आवाज उठाउन जरुरी रहेको बताउनुभयो । 
    अन्तरपार्टी महिला संजाल सोलुखुम्बुकी अध्यक्ष मोहनकुमारी कार्कीले पिडितलाई न्याय दिलाउनका  साथै पुनस्थापनका लागि आफुहरुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरिक्षक रेशमबहादुर पराजुलीले आफ्नै अभिभावकबाट महिलाहरु शोषित पिडीत बनेको घटना प्रति दुख व्यक्त गर्दै पाश्विक कुकृत्य गर्नेलाई सजाय दिलाउन आफु लागी पर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले बलात्कारसँग सम्वन्धित घटनाको अनुसन्धानका क्रममा पछिल्लो समय राजनितीक दबाबको सामना आफुले गर्न नपरेको प्रहरी प्रमुख पराजुलीले बताउनुभयो । जनचेतनामा अभिवृद्धिका कारण चालु आर्थिक बर्ष २०७४÷७५ मा यस्तो घटना संख्यात्मक रुपमा बढेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ । 
    समाजमा हुने गरेका यस्ता प्रकृतिका घटना न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने प्रहरीको निष्कर्श छ । पिडितलाई सामाजिक न्याय दिनुका साथै उनीहरुको पुनस्थापनका लागि समेत सबैले चासो दिनुका साथै जागरुक  हुन आवश्यक रहेको पराजुलीको भनाई छ । 
    आर्थिक बर्ष २०७४÷७५ मा साउन देखि वैशाख पहिलो साता सम्म सोलुखुम्बुमा ७ वटा जबरजस्ती करणी सम्वन्धि मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org