समाचार

  • बिमानस्थलमा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण राख्न पर्यटन मन्त्रि अधिकारीको निर्देशन ।

    सोलु एफ एम, सल्लेरी, बैशाख २३
    आन्तरीक उडानमा निक्कै व्यस्त रहने सोलुखुम्बुको तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण जाडान गरिने भएको छ । पर्यटन मन्त्री रविन अधिकारी सहितको टोलीले आज विमान स्थलको निरिक्षण गर्नुहुदै विमान स्थलमा सामाग्री सुरक्षा चेकजाचका लागी उपकरणकोे प्रयोग गर्न निर्देशन दिएसंगै उपकरण जडान हुने भएको हो ।
    मन्त्री अधिकारीले विमानस्थलको स्थलगत निरिक्षण गर्नुहुदै सुरक्षा चेकजाँचमा अनिवार्य मेसिनको प्रयोग गर्नुपर्ने बताउँनुभयो । उहाँले उपकरणको प्रयोग गर्दा आवश्यक पर्ने विद्युतको प्रबन्ध मिलाउन गाउँपालिकालाई निर्देशन दिनुभयो । 
    अहिले लुक्ला विमान स्थलमा यात्रु सहित उनीहरुको अन्य सामाग्री नेपाल प्रहरीले हातैले निरिक्षण गर्छन् । उक्त विधि भरपर्दो नहुने भएकाले  तत्काल सुरक्षा जाँचका लागि उपकरणको प्रयोग कार्यन्वयनमा ल्याउन मन्त्रि अधिकारले सुझाव दिनुभएको विमान स्थल सुरक्षा गार्ड लुक्लाका प्रमुख प्रहरी नायब निरिक्षक देव नारायण महतोले जानकारी दिनुभयो ।
    प्रहरीका अनुसार हातले चेकजाँच गर्दा यात्रुको झोलोमा ब्लेड लगाएतको सामाग्री हुँदा चोटपटक समेत लाग्ने गरेको छ । अधिकांश यात्रु बाह्य पर्यटक हुने भएकाले चेकजाँचका लागि उपकरण नहुँदा खिल्ली उडाने समेत गरेको पर्यटन व्यवसायीको भनाई छ । ट्रेकिङ गाईड चुडामणि केसीका अनुसार पर्यटनको भिड लाग्ने बिमानस्थलमा चेकजाँको लागि उपकरण नहुँदा ढिला हुने र पर्यटकले समेत झण्झट मान्ने गर्छन् ।  
    नागरिक उड्यान प्राधिकरण लुक्लाका अनुसार यहाँ दैनिक २ सय सम्म उडान तथा अवतरण हुने गर्छ । यस्तै दर्जनौ हेलीकम्पटरले उडान भर्ने भएपनि हेलीप्याट समेत अभाव देखीएको छ । विमानस्थलको अनुगमन गर्दै मन्त्रि अिधकारीले तत्काल हेलिप्याड निमाण गर्न समेत निर्देशन दिनुभयो । 
    उहाँले हेलिप्याड सानो भएकाले जेष्ठ १५ गते भित्रमा निर्माण सम्पन्न गरिसक्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ । पर्यटकिय क्षेत्रको हेलि प्याड अत्यनतै ब्यस्त हुने गरेको भएपनि हेलि प्याड सानो भएको मन्त्री अधिकारीको भनाई छ । हेलिप्याड निर्माणका लागी यस अघि नै १० रोपनी जग्गा लुक्लामानै खरिद भएपनि निर्माणको काम भने सुरु हुन सकेको छैन । 
     
    माइकिङ सुविधा पनि छैन ।
     
    नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । 
    पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीनरचारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रुहरु समस्यामा पर्ने गरेका बताउँछन् । 
     
    पर्यटन गाइड चुडामणि केसीले भन्नुभयो “दुई चारवटा जहाज बसेका हुन्छन, आफ्नो ग्रुप कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, चर्पी जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।’ 
    केही वर्षअघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएकोे भन्दै बन्द भएपनि पुन सञ्चालन भएको छैन । प्राधिकरणले समस्या समाधानको पहल भइरहेको बताए पनि वर्षौंदेखि सो विमानस्थलमा यात्रुले समस्या भोगिरहेका छन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org