समाचार

  • पत्रकार शेर्पाले बैशाख ३१ मा चुचुरो चुम्ने ।

     

        सोलु एफ एम,बैशाख २८—  पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणको अभियानमा रहनुभएकी पत्रकार डोमा शेर्पाले बैशाख ३१ मा सगरमाथा आरोहण गर्नुहुनेभएको छ । पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणको अभियानमा रहनुभएकी पत्रकार शेर्पाले मे १४ अर्थात बैशाख ३१ गते सगरमाथाको चुचुरोमा पाईला टेक्ने तयारी रहेको बताउँनुभयो ।

          बिहीबार राति आधारशिविरबाट चुचुरो तर्फ प्रस्थान गर्नूभएकी शेर्पाले सबैकुराले साथ दिएमा बैशाख ३१ मै सफल आरोहण गर्ने बताउँनुभयो । क्याम्प ३ सम्म पुग्दा आफुलाई कुनै समस्या नरहेको शेर्पाको भनाई छ । गत चैत्र २७ गते काठमाडौबाट आरोहणको यात्रा तय गर्नुभएकी शेर्पा बैशाख ६ गते आधारशिविर पुग्नुभएको थियो । सगरमाथा आरोहणको पुर्वतयारी अनुरुप गत बैशाख ९ गते क्याम १ र १६ गतेका दिन क्याम ३ सम्म पुगेर पुन सगरमाथा आधारशिविरमा फर्कनुभएको थियो । मौसम प्रतिकुलताका कारण एक साता अगिदेखि अधिकांश आरोही आधारशिविरमा झरेका थिए ।

          पत्रकार डोमा शेर्पाको सहयोगी तीन पटकसम्म सगरमाथाको सफल आरोहण गरिसक्नुभएका छोङ्बा शेर्पा रहनुभएको छ । उनी पायोनियर एडभेञ्चर प्रा.लि.बाट सगरमाथा आरोहण गर्दैहुनुहन्छ् । सगरमाथा आरोहणकै तयारीमा लाग्नुभएकी शेर्पाले यसअघि सोलुखुम्बुमै रहेको आइसल्याण्ड पिक सफल रुपमा आरोहण गरिसक्नुभएको छ ।

          विद्यालयको छानाबाट खसेर एक जना घाईते ।

              सोलु एफ एम,बैशाख २८—  विद्यालयको छानाबाट खस्दा सोलुखुम्बु्को माप्य दुधकोशी गाउँपालीका ७ हाकुलामा एक मजदुर सक्त घाईते भएका छन् ।  हिमालय आधारभुत विद्यालयको निर्मानाधिन भवनमा रंगरोगन गर्नेक्रममा स्थानीय पुष्पराज राई लडेर सक्त घाईते हुनुभएको हो ।

          घाईतेलाई उपचारको लागि आजै हेलिकप्टर मार्फत लुक्ला हुदै काठमान्डौ लगिएको  परिवार श्रोतले जनाएको छ । ्

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org