समाचार

  • सगरमाथा आरोहणका लागि बाटो खुल्यो ।

    news

    भोजराज कार्की
    सोलु एफ एम सोलुखुम्बु, ३० बैशाख ः
    आईतबार देखी सगरमाथाको चुचुरो सम्मको बाटो खुलेको छ । यस बर्षको बसन्त ऋणमा सगरमाथा आरोहणको लागि आईतबार (आज)देखी बाटो खुलेको पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । 
    बाटो खुले संगै आज पहिलो दिन आठ जना गाइडहरुले एकै साथ सगरमाथाको सफल आरोहण गरेका छन् । बाटो निर्माणमा सम्लग्न गाइडहरुले आज (आइतबार) दिउँसो ३ः३० बजे सगरमाथाको सफल आरोहण गरेको पर्वतारोहण संघका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
    आरोही हरुमा हिमालयन गाइड नेपाल ट्रेकका गाइडहरु पासाङ तेन्जीङ शेर्पा, पासङदावा शेर्पा, लाक्पाडेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धीबहादुर तामाङ रहनुभएको छ । यस्तै सोही समुहका गाईड पेम्वाछिरी शेर्पा, तेन्जीङ ग्याल्जेन शेर्पा र डाटुक भोटेले सामूहिक रुपमा सगरमाथाको चुचुरोमा पाईला टेकेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
    आईतबार बिहान १ बजे देखी हिलारी स्टेप देखी चुचुरो सम्मको बाटो निर्माण गरेका थिए । पर्वतारोहण सञ्चालक संघ नेपालको समन्वयमा क्याम्प २ देखी चुचुरो सम्मको बाटो निर्माण गरिएको छ । संघका अध्यक्ष डम्बर पराजुलीले भन्नुभयो, “सगरमाथा आरोहण दल मध्ये सबैभन्दा ठुलो समुहले क्याम्प २ देखी माथीको बाटो निर्माण गरिन्छ ।” पराजुलीले भन्नुभयो, “यो याममा हिमालयन गाइड नेपाल ट्रेकले उक्त जिम्मा पाएको थियो ।”
     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org