ताजा खबर

समाचार

  • हिमाल आरोहणका क्रममा गाइडको मृत्यु ।

    सोलु एफ एम, १ जेठ 
    सोलुखुम्बु ः मकालु हिमाल आरोहणको क्रममा एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका आङ दावा शेर्पाको मंगलबार आरोहणको क्रममा लेक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक प्रदुम्न अधिकारीले जानकारी दिए । 
    प्रहरीका अनुसार शेर्पाको मंगलबार विहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनिया ग्रुप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए । शेर्पाको शब मंगलबारनै हेलिकप्टर मार्फत तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला हुँदै काठमाण्डौ लगी पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
    लेक लागेर चिनिया नागरिकको मृत्यु ।
    सोमबार दिउसो करिब २ बजे खुम्बुपासङ ल्हमु गाउपालीका ४ लबुजेमा लेक लागेर एक चिनिया नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४७ बर्षिया चाईनिच नागरिक लाम वन रहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका सुचना अधिकारी एवं प्रहरी निरिक्षक प्रदुम्न अधिकारीले जानकारी दिए ।
    वनको सोमबारनै मृत्यु भएपनि मौसम प्रतिकुलताका कारण हेलिकप्टर जान नसक्दा मंगलबार मात्रै आवश्यक कानुनी प्रक्रिया पुरु गरि पोष्ठ माटमको लागि काठमान्डौ स्थीत शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
         खुम्बुजे प्राली काठमाण्डौबाट खुम्बु क्षेत्रको भ्रमणका आएका उक्त चाईनीज नागरिकाको बेसक्याम्पबाट लेख लागेर फर्किदा लबुजेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org