ताजा खबर

समाचार

  • बुधकार एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा पुगे ।

    news

    सगरमाथा आरोहणमा कामीरिताको नयाँ विश्व कीर्तिमान ।
    भोजराज कार्की
    सोलु एफ एम, जेठ २
    सोलुखुम्बु ः सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सय जनाले शिखरको चुचुरोमा पाईला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाहरुले फरक फरक सयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 
    आरोहणको तेस्रो दिन मंगलबार मौसम प्रतिकुलताका कारण कुनैपनि आरोहण नभएपनि चौथो दिन अर्थात बुधबार मौसममा सुधार आएसंगै आरोहण सफल भएको सम्पर्क अधिकृत श्रेष्ठको भनाई छ । बैशाख ३० देखी आरोहण सुरु भएको थियो । पहिलो दिन बाटो निर्माण गर्दै गएका ८ जना शेर्पा गाईडले एकैपटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समुहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए ।” सम्र्क अधिकृत श्रेष्ठले भन्नुभयो, “तेस्रो दिन मौसम प्रतिकुलताका कारण कुनै आरोहण भएन तर चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।” 
    कामीरिताको नयाँ विश्व कीर्तिमान ।
    आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यो सिजन सहित २२ पटक सगरमाथाको चुचुरोमा पाईला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 
    आरोहणको चौथो दिन आज बुधबार बिहान ८ ः३० बजे सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो । कामीरिताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमानी तोड्नुभएको छ ।
    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा जन्मेका ४८ वर्षीय कामीरिताले सन् १९९२ देखि सगरमाथा आरोहण सुरु गरेका हुन् । तर उहाँले सन् १९९४ मे १३ मा सगरमाथाको पहिलो सफल आरोहण गर्नुभएको थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org