समाचार

  • सोलुखुम्बुमा जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने ।

     
     
    सोलु एफ एम,जेष्ठ ३–आगामी असार १ र २ गते सोलुखुम्बुमा बिभिन्न ईभेन्टमा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सोलुखुम्बु ब्याडमिन्टन संघको बुधबार सम्पन्न बैठकले बिभिन्न ५ ईभेन्ट्समा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
    क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको सोलुखुम्बुमा ब्याडमिन्टन खेललाई प्रोस्ताहित गर्न चाँडै जिल्लास्तरिय प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष राजकुमार गुरुङ्गले जानकारी दिनुभयो । बैठकले पुरुष÷महिला सिंगल तथा डबल र १६ बर्ष मुनिको सिंगल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । बैठकले प्रतियोगिता भब्यताका साथ सम्पन्न गर्न आजै बिभिन्न समिति समेत गठन गरेको छ । बैठकले बरिष्ठ उपाध्यक्ष नुतन श्रेष्ठको संयोजकत्वमा खेल आयोजना तथा प्रस्तावना लेखन समिति, कोषाध्यक्ष रघुनाथ खनालको संयोजकत्वमा आर्थिक संयोजन समिति गठन गरिएको छ ।
    प्रतियोगितामा छुट्टाछुट्टै स्पर्धाका लागि प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १० हजार तथा तृतिय पुरस्कार ५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण पत्रको ब्यवस्था गर्ने निर्णय समेत बैठकले गरेको अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो । बैठकले संघका सदस्य निरञ्जन कटेललाई सहसचिव पदमा पदस्थापन गर्दै खुम्बुपासाङ्गल्हामु गाउँपालिकाका ल्हाक्पा तामाङ्गलाई संघको सदस्य पदमा मनोनिय गरेको छ ।
    यसैबिच बुधबारको बैठकले जिल्ला संघलाई औपचारिक रुपमा केन्द्रमा दर्ताका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन तथा प्रतिवेदन तयार गर्न उपाध्यक्ष गंगाबहादुर राईको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरिएको छ ।
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org