समाचार

  • खुम्बुपासाङल्हामु गाउँपालिकाको मासिक आम्दानी एक करोड बढी ।

    news

    भोजराज कार्की
    सोलुखुम्बु ः  टिम्स कार्ड (पदयात्री सुचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा आठ करोड बढी राजश्व संकलन गरेको छ । गत अक्टोबर देखी अप्रिल  महिनाको अन्तिम सम्म रु. आठ करोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क शंकलन गरेको गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।
         यो अवधिमा ४१ हजार १ सय ७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी एक करोड बढी देखिन्छ ।
         नेपाल पर्यटन बोर्डले टिम्स कार्ड (पदयात्री व्यवस्थापन प्रणाली) वितरण गरिरहेको भएपनि त्यसलाई पुर्ण निषेध गर्दै गाउँपालिकाले पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको हो । गाउँपालिकाले स्टेशननै खडा गरेर खुम्बु प्रवेश गर्ने प्रति पर्यटक २ हजार प्रवेश शुल्क संकलन गर्ने गरेको छ ।
         गाउँपालिकाको तथ्याङ्क अनुसार अक्टोबर महिनामा ७ हजार १२ जनाबाट रु.१ करोड ४० लाख ३५ हजार रुपैया, नोमेम्बर महिनामा ७ हजार ४ सय १२ जनाबाट रु. १ करोड ४० लाख ३५ हजार राजश्व संकलन भएको गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।
         यस्त,ै डिसेम्बर महिनामा २ हजार ४ सय १७ पर्यटक बाट रु.४८ लाख ३४ हजार, जेनवरीमा १ हाजार ५ पर्यटकबाट रु.२० लाख १० हजार, फेब्रुअरीमा १ हजार ५ सय ६२ पर्यटकबाट रु.३१ लाख २४ हजार, मार्च महिनामा ६ हजार ७ सय ४७ पर्यटकबाट रु.१ करोड ३४ लाख ९४ हजार र अप्रिलमा १० हजार २ सय ६४ पर्यटकबाट रु.२ करोड ५२ लाख ८ हजार राजश्व जम्मा भएको गाउँपालिकाले जनाएको छ ।
         पर्यटन बोर्डले टिम्स कार्ड वितरण गरेर करोडौ राजश्व संकलन गरेपनि खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनमा चासो नदिएको भन्दै गाउँपालिकाले टिम्स कार्डनै निषेध गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउँनुभयो । पर्यटन बोर्डले भने गाउँपालिकाले टिम्स कार्ड निषेध गरेर प्रवेश शुल्क लिनु गैह्रकानुनी रहेको जनाउदै आएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org