समाचार

  • कार्यक्रम बनाउन सुझाव संकलन गर्दै स्थानीय तह ।

    सोलु एफ एम, जेठ १८,
    सोलुखुम्बु ः सोलुखुम्बुको स्थानीय तहले आगामी आर्थीक वर्ष २०७५÷०७६ मा सञ्चालन गर्ने कार्यक्रम तथा आवश्यक बजेट बिनियोजनको तयारी सुरु गरेको छ । संघिय सरकारले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजानिक गरेसंगै यहाँका स्थानीय तहले पनि कार्यक्रम निर्माणको तयारी थालेका हुन् ।
    जिल्लाको लामजुरा पारीको गाउँपालिका लिुखपिकेले वडा स्तरमा योजना पहिचान गर्ने काम सुरु गरेको जनाएको छ । आगामी असार १ गते प्रदेश सरकारको बजेट आउने र असार १५ मा स्थानीय तहले समेत बजेट सहितको कार्यक्रम पेश गर्नूपर्ने भएकाले सोही अनुसार काम गरिरहेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताउँनुभयो । उहाँले भन्नुभयो, “कसरी हुन्छ आफ्नो गाउँपालिकाई सम्बृद्धि बनाउन सकिन्छ त्यसरीनै कार्यक्रम बनाउन वडा अध्यक्षलाई निर्देशन समेत दिईसकेको छु ।”
    यता थुलुङ दुधकोशी गाउँपालिकाले समेत नमुना गाउँपालिका बनाउने उदेश्य सहित कार्यक्रम ल्याउने जनाएको छ । गाउँपालिका अध्यक्ष असिम राईले देशका ७५३ गाउँपालिका मध्ये नमुना र प्रशंसनिय गाउँपालिका बनाउने गरि कार्यक्रम तयार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न विज्ञहरुको सुझाव सहितको कार्यक्रम तयार गरि लागुगर्ने तयारी भईरहेको छ ।” “गाउँपालिकाको केन्द्र मुक्लिामा मिनि स्मार्ट सिटि निर्माणको काम अगाडी बढेको यसले निरन्तरता पाउँछ ।” अध्यक्ष राईले भन्नुभयो ।
    यस्तै नेचा सल्यान गाउँपालिकाले समेत कार्ययोजना सहितको भित्तेपात्रो सार्वजानिक गर्नेभएको छ । आगामी आर्थिक बर्षको कार्यक्रम तथा बजेट सम्बन्धि काम गर्नको लागि शनिबार कार्यपालिको बैठक बसेर कार्ययोजना निर्माण गरि सार्वजानिक गर्ने गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । पहिलो बर्ष ऐन कानुनको बारेमा थाहा नुहनुका साथै नयाँ प्रयास भएकोले अल्मलिएको भएपनि यस बर्ष पुर्वतयारीका साथ कार्यक्रम पेश गरिने बताउनुभयो ।
    यता माप्य दुधकोशी गाउँपालिकाले पनि यहि साता भित्र गाउँ कार्यपालिको बैठक बसेर आगामी बर्षको कार्यक्रम सम्बन्धि काम सुरु गर्ने गाउँपालिकाकी उपाअध्यक्ष जुनिताम मगरले बताउनुभयो । उहाँले स्थानीयको चाहना अनुसारको कार्यक्रम र योजनालाईनै प्राथमीकता दिने बताउनुभयो । 
    यता नगरपालिकाले समेत कार्यक्रमको बारेमा तयारी थालेको  जानकारी दिएको छ । सोलुखुम्बुमा एक नगरपालिका सहित सात स्थानीय तह रहेका छन् । 
    संघिय सरकारले जेठ १५ भित्र, प्रदेश सरकारले असार १ गते भित्र र स्थानीय सरकारले असार १५ भित्र आगामी बर्षको कार्यक्रम तथा बजेट पेश गर्नुपर्ने संविधानमा व्यवस्था गरिएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org