समाचार

  • फाप्लु काठमान्डौको हवाई भाडा बढ्यो ।

    सोलु एफ एम, जेठ १८
    सोलुखुम्बु ः फाप्लु काठमान्डौको हवाई भाडा १ हजार बढीले बृद्धि भएको छ । राष्ट्रिय ध्वजा वाहक नेपाल वायु सेवा निगमले फाप्लु–काठमान्डौ हवाइ भाडा १२ सय १० रुपैंया बढाएको छ । यस अघि तीन हजार एक सय १० रुपैया भाडा निर्धार भएकोमा अहिले बृद्धि भएर ४ हजार ३ सय २० रुपैया पुगेको छ । 
      यस्तै, यस अघि तीनहजार दुईसय १० रुपैयामा फाप्लु काठमान्डौ गर्ने निजि कम्पनीका बिमानले अहिले चार हजार ३ सय १५ रुपैया भाडा निर्धारण गरेका छन् । 
    फाप्लु काठमान्डौ उडान भर्ने निजि कम्पनीमा समिट एयर, र तारा एयर रहेका छन् । एयरलाईन्सले १ हजार ९० रुपैया भाडा बृद्धि गरि लागु गरिसकेको समिट एयरर्लाइन्स फाप्लुका इन्चार्ज मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।  
    काठमान्डौ फाप्लुको लागि समिट एयरलाईन्सले प्रत्येक हप्ताको आईतबार र बिहिबार, तारा एयरलाईन्सले बुधबार र सोमबार, नेपला एयरलाईन्स मंगलबार र शुक्रबार नियमित उडान भर्दै आएका छन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org