समाचार

  • बधशालामा मासु अभाव ।

     
    सुबास दर्नाल,सोलु एफ एम,जेठ १८,सोलुखुम्बु सदरमुकाम सल्लेरी स्थीत नयाबजारको बधशालामा मासु अभाव भएको छ । बजारमा होटल सञ्चालकले मासु बुकिङ गरेपछि अन्य सेवाग्राही भने मारमा परेका छन् । 
    बदशाला पुगेका अन्य उपभोक्ताले भने मान्छेलाई छानीछानी मासु दिनेगरेको आरोप लगाएका छन् । साप्ताहिक हाट नयाबजारको बधशालामा मासु हुदाहुदै पनि मान्छे हेरेर विक्रि गर्ने गरेको उनीहरुको आरोप छ ।
         बधशालामा मासु किन्न आउनुभएका उपभोक्ता नवबहादुर भुजेलले ब्यापारीहरुको मनामानीका कारण उपभोक्ता मारमा परेको दाबी गर्नुभयो । बधशालामा बध गरिएका मासु खरिद गर्न पाउने आम उपभोक्ताको अधिकार भएपनि बधशालामा पशु बध गरी ठेक्कामा मासु पु¥याउने पारीपाटीका कारण अन्य उपभोक्ता मासु उपभोगबाट बञ्चि हुनुपरेको भुजेलका भनाई छ । 
    त्यसैगरी अर्का उपभोक्ता खगेन्द्र बनले सबै उपभोक्तालाई समान रुपमा मासु विक्रि गर्नु पर्ने बताउनुभयो । यता ब्यापारीहरुले भने जिल्लामाा पर्यप्त रागाँ नपाउँदा सबै उपभोक्तालाई मासु पु¥याउन नसकेको बताउँछन् । हप्तामा १२ देखि १५ ओटा सम्म रागाँको बध गरीए पनि सबै उपभोक्तालाई पु¥याउ नसकेको उनीहरुको भनाई छ । 
    नियमित उपभोग गर्दे आएका होटल ब्यवसायि तथा उपभोक्तालाई दिनै पर्ने भएकाले अन्य उपभोक्तालाई पु¥यान नसकेको उनीहरु बताउछन । जिल्लामा मासुको माग बढि भएपनि पशुपालन कम हुदा यो समस्या देखा परेको ब्यवसायिहरुको तर्क छ ।

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org