समाचार

  • निमा छोकी शेर्पा सम्मानित

     
     
    सोलु एफ एम,जेष्ठ १९,‘बुद्ध नेपालमा जन्मिएको हो’ भन्ने नारासहित सगरमाथा शिखर चुमेकी निमा छोकी शेर्पा सम्मानित हुनुभएको छ । रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा कृषि, शहकारी तथा भूमि सुधार मन्त्री चक्रपाणी खनालले शेर्पालाई सम्मान गनुृभएको हो ।
    शेर्पाले ‘बुद्ध वाज् बोर्न इन नेपाल’ र महिला शसक्तिकरण अभियान लिएर गत मे १६ दिनको साढे १२ बजे सगरमाथाको सफल आरोहण गनुएभएको थियो । कल्याणकारी स्वयम्सेवक संघले आरोही शेर्पाका साथमा सर्मिला स्याङतानलाई पनि सम्मान गरेको छ । शेर्पाले पयोनियर एडभेन्चरबाट आरोहण अभियानमा सहभागि हुनुभएको थियो ।
    शेर्पाले सगरमाथा शिखर चुम्नु सामान्य विषय नभएको बताउनुभयो । उहाँले विश्वभर नेपालमा सगरमाथा छ भनेर थाहा भएपनि बुद्धका बारेमा अनेक भ्रमहरु फैलिएकाले आफूले बुद्ध सम्वन्धी नारा जोडेर आरोहण अभियान गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्री बलदेवले कृषि, पर्यटनले मात्रै स्वादेशमा रोजगारी र आर्थिक समृद्धी हासिल गर्न सक्ने दाबी गर्नुभयो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org