समाचार

  • घाईते नगरप्रहरीलाई थप उपचारको लागि काठमान्डौ लगियो ।

     
    सोलु एफ एम,जेष्ठ १९,दमकल अभ्यास गर्नेक्रमा घाईते हुनुभएका नगरप्रहरी तामाङलाई थप उपचारको लागि काठमान्डौ लगिएको छ । शुक्रबार नगरपालीकाको दम्कल अभ्यास गर्ने क्रममा दम्कलमाथीबाट लडेर घाईते भएकी नगरप्रहरी जवान पशी माया तामाङ लाई शनिबार बिहान हेलिकम्पटर मार्फत काठमान्डौ लगिएको हो ।
    तामाङको घाटीको हड्डीमा समस्या देखिएकाले जिल्ला अस्पताल फाप्लुमा समान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगिएको छ । उनको काठमाण्डौ बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भईरहेको नगरपालीकाका लेखा अधिकृत योग्य प्रसाद राईले जानकारी दिनुभयो । 
    जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकामा असई नगरप्रहरीको कमाण्डमा ११ जना नगरप्रहरी कार्यरत छन् । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org