समाचार

  • सोलुदुधकुण्ड नगरपालीकाको ७० प्रतिशत काम सम्पन्न ।

     
    सुबास दर्नाल,सोलु एफ,जेठ २४—चालु आर्थिक बर्षमा सोलुदुधकुण्ड नगरपालीका करिब ७० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ । आर्थिक बर्ष २०७४÷७५ कोे विकासे बजेटको झन्दै ७० प्रतिशत काम पुरा भईसकेको नगरपालीकाकाक प्रमुख प्रशासकिय अधिकृत विजयराज सुबेदीले बताउनुभयो । नगरको कृषि,स्वास्थ्य लगायतका  योजनाहरु करिब सम्पन्न भइसकेको उहाको भनाई छ । 
    ठुला योजनाहरु पुर्वधार विकासका योजनाहरु भने.निर्माणको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।यस आर्थिक बर्षको अन्त्यसम्ममा झन्दै ९० प्रतिशत कार्य सम्पन्न हुने नगरपालीकाले जनाएको छ । सोलुदुधकुण्ड नगरपालीकामा चालु आर्थिक बर्ष ७४÷७५ मा कुल ३५ करोड ८५ लाख रुपैया विनियोजन भएको थियो ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org