समाचार

  • स्वास्थ्य बिमा गरेपनि सेवा नपाएको गुनासो ।

    भोजराज कार्की
    सोलु एफ एम, 
    सोलुखुम्बु ः सोलुखुम्बुमा स्वास्थ्य बिमा गरेपनि सेवा नपाएको विमितले गुनासो गरेका छन् । जिल्लामा स्वास्थ्य बिमा गराए बापत नियम अनुसार पाउनु पर्ने औषधी नपाएको उनीहरुको गुनासो छ । सेवा नपाउनेमा सर्वसाधरण देखी जनप्रतिनिधि समेत रहेका छन् ।
    सोलुदुधकुण्ड नगरपालीकाका मेगर नाम्गेल जाङबु शेर्पाले आफैले स्वास्थ्य बिमाको उद्घाटन गरेको भएपनि सेवा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बिमाको म आफैले उद्घाटन गरे, एक दिन बिरामी भएर अस्पताल जाँदा औषधिनै पाईन” शेर्पाले भन्नुभयो, “यस्तो हुँदा साह्रै दुःख लाग्यो ।”
    सोलुदुधकुण्ड नगरपालीका वडा नम्बर ७ निवासी गोम्बु शेर्पाले पनि स्वास्थ्य बिमा गराए पनि अस्पतालमा औषधी नपाएको बताउँनुभयो । शेर्पाले भन्नुभयो, “विरामी हुँदा रु. ५० हजार बराबरको उपचार सेवा पाईन्छ भन्थे तर एक रुपैयाकोपनि पाइन ।” अस्पतालमा निशुल्क पाईने औषधी नपाएको भन्दै उहाँले सम्बन्धित निकायलाई सुधारको लागि अनुरोध समेत गर्नुभयो ।
         यता स्वास्थ्य बिमा बोर्ड काठमान्डौ मार्फत सोलुखुम्बुका दर्ता अधिकारी प्रदिप बस्तेले आफुहरुले औषधी खरिदको लागि अस्पताललाई भुक्तानी दिएको भएपनि खरिदमा ढिलाई हुँदा समस्या भएको बताउनुभयो । चार महिना अगाडीनै औषधी खरिदाको लागि पेश्की बापत भुक्तानी दिएको भएपनि जिल्ला स्वास्थ्य कार्यलयले औषधी खरिद नगरेको वहाको भनाई छ । बस्नेतले भन्नुभयो, “समयमानै औषधी खरिद नगर्दा विमा कार्यक्रमसमेत प्रभावीत बन्यो ।” उहाँले भन्नुभयो “सुरु सुरुमा बिमा कार्यक्रम प्रभावकारी बनेको थियो तर सेवा लिन अस्पताल पुग्दा नपाएको हल्ला भएपछि बिमा गर्नै मान्दैनन् ।”
     
    यस विषयमा जिल्ला जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका प्रमुख डाक्टर मिङमार छिरिङ शेर्पाले स्वास्थ्य विमाको औषधी केहि दिन भित्रैमा जिल्ला आईसक्ने  बताउनुभयो । प्रमुख डाक्टर शेर्पाले ४÷५ दिन भित्रैमा जिल्लामा स्वास्थ्य बिमा बापतको करिब ९ सय प्रकारका औषधी उपलब्ध हुने बताउनुभयो । 
    बिमा बापतको औषधी खरिदका लागी ५ लाख रुपैया ऋण लिएर औषधी खरिद प्रत्रृmया अगाडी बढाएको भएपनि केन्द्रिय कार्यलयको प्रमुख परिवर्तनभएकाले औषधी खरिदमा ढिलाई भएको स्वीकार गर्नुभयो । 
    अहिले सम्म जिल्लामा करिब ३ हजार २ सय जनाले स्वास्थ्य बिमा गराएका छन् । २०७४ असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियोे ।
     
     
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org