ताजा खबर

समाचार

  • भवन निर्माण तालिम सुरु ।

    news

    सोलु एफ एम, असार ३, 
    सोलुखुम्बु ः सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा ७ दिने भवन निर्माण सम्बन्धि कालिगडहरुको तालिम सुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय कार्यान्वयन इकाई (भवन) द्धारा आयोजना गरिएको तालिम आज देखी सुरु भएको हो ।  गाउँपालिकाको समन्वयमा सुरु भएको तालिममा प्रत्येक वडाका ८ जनाको सहभागीता रहेको गाउँपालिकाका प्रशासकिय अधिकृत अविलाल राईले जानकारी दिनुभयो । 
    वडा नम्बर १, २, ३ र ६ को लागि गाउँपालिकाको खास्ताबमा तालिम सञ्चालन हुने बताईएको छ । यस्तै तालिम आजै देखी वडा नम्बर ४, ५, ६ र ७ को काँकुको आईतबारेमा सुरुभएको छ । गाउँपालिका बाट जम्मा ५६ जनाको सहभागीता रहेकामा वडा नम्बर ६ बाटदुवै स्थानमा ४÷४ जनाको  सहभागीता रहेको छ । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गर्नुभयो । कार्यक्रममा उपाअध्यक्ष जुनीता मगरको समेत उपस्थिति रहेको थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org