समाचार

  • जनप्रनिधिमाथि हातपात ।

    news

    भोजराज कार्की, सोलु एफ, असार ४
    सोलुखुम्बु ः यहाँको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुपाल सिं राईमाथि हातपात भएको छ । सेवा ग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडा अध्यक्ष राईलाई लेखापढि व्यवसायी समेत रहेकी स्थानीय निरकुमारी राईले बिना कारण एक्कासी हातपात गरेको वडा अध्यक्ष भुपाल सिं राईले बताउँनुभयो ।
          स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएपछि वडा अध्यक्ष राईले सेवा ग्राहीको फाईल मगाएर सच्च्याउने क्रममा आफुमाथि एक्कासी हातपात भएको आरोप लगाउँनुभयो । ३५ बर्षकी निरकुमारी राईले अब सच्च्याउँदा आफुले काम गर्न नभ्याउने प्रतिक्रिया दिएको र वडा अध्यक्षले समय मिलाएर काम गरिदिन आग्रह गर्दागर्दै आक्रमण भएको प्रत्यक्ष दर्शी लालबहादुर बस्नेतले बताउँनुभयो । बस्तेले भन्नुभयो, “प्रकृति हेर्दा नियमत बस जनप्रनिधिमाथि बिना कारण आक्रमण भएको बुझिन्छ ।” “हामी संगै काठमान्डौ बाट सोलुखुम्बु आएका हौ, बाटोमा आउदै गर्दा पटक पटक फोन आयो” बस्नेतले भन्नुभयो, “उहाँको प्रस्तुती नियतबसजस्तै लाग्यो ।”
          यता गाउँपालिका अध्यक्ष असिम राईले जनप्रनितिधि माथि सार्वजानिक स्थानमा भएको आक्रमणको गम्भिर ध्यानकषर्ण भएको बताउँनुभयो । सेवा ग्राहीले कुनै गुनासो नगरिकन लेखापढी व्यवासायीले जनप्रनिधि माथि आक्रमण गर्नु निन्दनीय कार्य भएको छ, अध्यक्ष राईले भन्नुभयो, “यो विषय सबै जनप्रनिधिको लागि चुनौतीको बिषय बनेको छ ।”
          आज बिहान ११ः३० बजे घट्ना भएको र अहिले सार्वजानिक मुद्दा दर्ताको प्रक्रृया अगाडी बढाईएको वडा अध्यक्ष भुपाल सिं राईले जानकारी दिनुभयो । यता निरकुमारी राईले भने आफुलाई गालीबेइजत गरेकाले एक झापड हानेको स्वीकार गर्नुभयो ।
          यता सोलुखुम्बुका प्रहरी नायब निरिक्षक रेशम बहादुर पराजुलीले जनप्रतिनिधिमाथि हातपात गर्ने महिला विरुद्ध सार्वजाकि मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org