ताजा खबर

समाचार

  • वडा अध्यक्षलाई हातपात गर्ने महिला विरुद्ध मुद्दा दर्ता ।

    भोजराज कार्की, सोलु एफ एम, असार ५
    सोलुखुम्बु ः वडा अध्यक्षमाथि हातपात गर्ने महिला विरुद्ध सार्वजानिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुपाल सिं राईमाथि हातपात गरेको आरोपमा ३५ बर्षकी लेखापढि व्यवसायी समेत रहनुभएकी निरकुमारी राईबिरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 
    वडा अध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको आधारमा उनलाई सोमबारनै पक्राउ गरि सार्वजानिक मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरिक्षक रेशम बहादुर पराजुलीले जानकारी दिनुभयो । 
    सेवा ग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडा अध्यक्ष राईलाई लेखापढि व्यवसायी समेत रहेकी महिलाले बिना कारण एक्कासी हातपात गरेको वडा अध्यक्ष राईको भनाई छ । उहाँले भन्नुभयो, “स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएछ, सेवा ग्राही काँकाको फाईल मगाएर सच्च्याउने क्रममा आफुमाथि एक्कासी हातपात भयो ।” 
    जग्गा नामसारीको लागि सहयोग गरिरहुनभएकि लेखापढी व्यवासायी निरकुमारीले अब सच्च्याउँदा आफुले काम गर्न नभ्याउने प्रतिक्रिया दिनुभयो, प्रत्यक्षदर्शि लालबहादुर बस्नेतले भन्नुभयो, “वडा अध्यक्ष ज्यूले त समय मिलाएर काम गरिदिनु भन्दैहुनुहुन्थ्यो एक्कासी आक्रमण भयोे ।” बस्तेले भन्नुभयो, “प्रकृति हेर्दा नियमत बस जनप्रनिधिमाथि बिनाकारण आक्रमण भएको बुझिन्छ ।” “हामी वडा अध्यक्षसँगै काठमाडौंबाट सोलुखुम्बु आएका हौं, बाटोमा आउँदै गर्दा पटक पटक फोन आयो,’ बस्नेतले भन्नुभयो, “उनको प्रस्तुती नियतबस जस्तै लाग्यो ।”
    यता गाउँपालिका अध्यक्ष असिम राईले जनप्रनितिधि माथि सार्वजानिक स्थानमा भएको आक्रमणको गम्भिर ध्यानकषर्ण भएको बताउनुभयो । सेवा ग्राहीले केही प्रतिकृया नदिई लेखापढी व्यवासायीले जनप्रनिधि माथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै अध्यक्ष राईले यो विषय सबै जनप्रनिधिको लागि चुनौतीको बिषय बनेको बताउँनुभयो ।
    यता निरकुमारी राईले भने आफूलाई गाली बेइज्यति गरेकाले एक झापड हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org