समाचार

  • अस्थायी शिक्षकको रोकिएको परीक्षा मिति तय, २२ हजार पदमा विज्ञापन

    भक्तपुर - पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षा मिति तोकिएको छ । यही असार २९ गते निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुने गरी शिक्षक सेवा आयोगको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष ताना गौतमले जानकारी दिए ।

    पहिले परेको आवेदनकै आधारमा यस अघि नै तोकिएका केन्द्रमा परीक्षा हुने उनले बताए । परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो ।

    तीन वर्गमा नौ वटा विज्ञापन भएको छ । जस मध्ये २०४९ साल पुस २० गते अघिका अस्थायी शिक्षक, सोही बर्षको पुस २१ गते पछि २०६१ साउन २१ गते सम्म नियुक्त अस्थायी शिक्षक र ०६१ साउन २२ गते देखि संविधान जारी हुनु अघिल्लो दिन सम्म नियुक्त अस्थायी शिक्षकका लागि विज्ञापन भएको हो ।

    शिक्षा ऐनको नवौं संशोधनले प्रतिष्पर्धाको दायर फराकिलो बनाएर अयोग्यलाई पनि शिक्षक बनाउने भन्दै उक्त परीक्षाको विरोध हुँदै आएको थियो । शिक्षा ऐनमै समेटिएको ब्यवस्था अनुसार विज्ञापन भएको गौतमले बताए । अब कसैको विरोध नहुने र तोकिएकै समयमा परीक्षा हुने अपेक्षा गरेको उनले बताए ।

    'विज्ञापन कसैलाई अनुकल लाग्ला कसैलाई प्रतिकुल लाग्ला तर जब खेलको मैदानमा प्रवेश गरिसके पछि खेलाडीले नियम मान्दिन भन्न त कहाँ पाहिन्छ र ?' उनले भने, 'अहिले वल्र्ड कप फुटवल चलिरहेको छ, त्यहाँ कुनै खेलाडीले खेल शुरु भएको तीन मिनेटमै रेड कार्ड पायो भने खेल त स्थगित हुँँदैन नी, नियम तय भएपछि त्यसलाई त मान्नै पर्यो, हामीले पनि यस अघि नै तय भएको नियमका आधारमा विज्ञापन गरेका हौं ।'

    यस अघि ४ पटक सम्म स्थगित उक्त परीक्षा पछिल्लो पटक गत चैत १३ गते परीक्षा हुन ८ दिन अघि प्रधानमन्त्रीको ठाडो निर्देशनमा स्थगित गरिएको थियो ।    edukhabar

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org