समाचार

  • सुकिला मुकिला भएर असार १५ मा एक दिन धान रोपेर पुग्दैन हजुर

    news

    नेपाल एक कृषि प्रदान देश हो । नेपालको खाद्यान्य बाली मध्य धान एक प्रमुख खेतिको रुपमा मानिन्छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।त्यसै अनुसार आजको दिन अर्थात असार १५ लाई नेपालीहरुले विशेष धान दिवश मनाईएको पाइन्छ । यसरी विभिन्न किसिमका धानहरु उत्पादन गरी हाम्रो देश पनि एक प्रमुख धान खेति गर्ने स्थान बन्न पुगेको छ । प्राय: जसो हामी नेपालीहरु जेनतेन आफ्नो धान खेति गरी नै रहेको हामी देख्न सकिन्छ ।तर पनि हामी अहिले आधुनिक युगमा अर्थात प्रविधिको युगमा पनि पुरानै तरिकाले खेति गरी रहेका छौ त्यस कारण पनि हामीले सोचे जस्तो धान उत्पादन गर्न सकेका छैनौ ।धान खेति गर्दा आधुनिक गरिकाले गरियो भने त्यसको उन्नतिमा वृद्धि हुने निश्चित छ । तर हाम्रो समाजमा भएका कुशल नेतृत्वज्यूहरुले चुनावको समयमा नेपाललाई आधुनिक कृषि प्रदान देश बनाउने झुटा आश्ववण दिनु हुन्छ तर त्यो कुरामा मात्रै सीमित गर्ने परिपाटी बसेको छ अब यसरी सधै भरि  हामी सोझा सीधा जनता झुटा कुरामा विश्वास लिएर बस्ने दिन छैन । हामी नेपालीहरु धेरै नै पछाडी परि सकेका छौ। त्सस कारण अब हामी एक भएर हाम्रो समाजलाई परिवर्तन वनाउन हातेमालो गरी जुरमुराउनु पर्दछ ।यहाँ सधै भरि अरुको भर परेर नै हामी कम विकसित भएका छौ । हामीले असार १५ लाई मात्रै धान दिवश मनाएर हुन्न एक पटक सबै हाम्रो पाखा पखेरिलाई नियाल्नु होस् कति ठाउँमा धान खेति भएको छ ।एक दिन धान दिवशको उत्सव मनाउदैमा हाम्रो देशमा केहि हुनै सक्दैन । यदि हाम्रो देश वास्तविक धान दिवश मनाउदै गर्दा किन हाम्रा मित्र राष्ट्रबाट वर्षेउनि कुइटलका कुइटल चामल भित्र्याउनु परेको त यही हो धान दिवशको सार्थकता ? डोल्पा, मुगु, हुम्ला र जुम्लामा किन सधै दशैंमा मात्रै अर्थात चाडंवार्ड पर्खनु पर्छ चामलको भात खान यहि हो उपलब्धि ? हैन भने किन अभाव हुन्छ धान-चामलको यदि यसरी आफ्नै देशमा एक-दुई छाक चामलको भात खानालाई किन यस्तो धौ-धौ पर्छ ? यसरी एक दिन चिटिक्क परेर अरुले खन जोत गरेको खेतमा गएर फोटो खिचाएर प्रख्यात बनेर धान उत्पादनमा वृद्धि हुने आशा नराख्दा नै राम्रो हुन्छ ।यसरी आफुलाई महान सोच्ने कृषि सम्वन्धि अधिकार दिनु हुने हाम्र वडा देखि सिंहदरवारसम्म बस्नु हुने सम्पूर्ण माननीयज्यूहरु अब एक दिन फोटो खिचाएर प्रख्यात हुने हैन वास्तविक कृषकको जननीवनको फोटो खिचाएर कृषकको आत्मा बल बढाउने खालका कामहरु गर्नु भए हामी सबै नेपालीको भलो हुन्छ ।एक दिन धान रोपेर हामी सबैलाई खान पुग्दैन त्यसैले दैनीक यो धान खेति गर्ने मौसममा काम गर्ने मानिसहरुको तस्विर विभिन्न पत्र पत्रिका मारफत ल्याउने कोशिस गर्नु होला ।अनि मात्रै वास्तविक किसानको महत्व हुन्छ ।धान खेतिलाई चिटिक्क परेर जानु एउटा विकृति हो, त्यसैले वा वास्तविक धान खेति गर्ने व्यक्तिलाई नियाल्नु होस् उनीहरुको खुट्टामा चप्पल हुन्न, मूठि खाएर मूरी उव्जाउने भनेर पेट भरि खाना पनि खाएको हुन्न, विचरा विहानै झ्याउकुरी वास्ता वा कराउदा उनीहरु आफ्नो दैनिकी तर्फ लगी सकेका हुन्छन ।हरेक घरका विभिन्न वृद्धा, वालवालिकाहरु पनि यो समयमा सवेरै खेति गर्न जान्छन खैत उनिहरुको वास्तविकता कसैले देखेको यो मौसममा विचरा खाना,बस्न र एक जोर आफ्नो शरिर ढाक्ने कपडा भए उनीहरुको धेरै गर्जो टर्थ्यो कहाँ हो कहाँ चिटिक्क परेर फोटो चिच्नु त । हो यस्ता महान किसानहरुको वास्तविक मर्मलाई बुझेर अबका दिनहरुमा अझ उनीहरुलाई हौसला प्रदान गरियो भने वास्तविक किसानलाई राहत मिल्छ ।असार १५ संस्कृति हो तर अहिले संस्कृतिको नाउँमा एक गाबो धान नदेखेकाको बढी चर्चा भएको छ त्यसैले अबको सरकारले पनि किसानलाई राहत मिल्ने किसिकको कार्यक्रम तर्जुमा गर्नु पर्दछ ।सम्पूर्ण किसान वर्गहरुको हितमा काम गर्यो भने सम्पूर्ण नेपाली जनताहरु लाभांम्वित हुने थियौ। कृषि योग्य जमिनमा अहिले खेति हुन गर्न छाडेको अवस्था छ विभिन्न शिक्षा,रोजगार, स्वस्थ जस्ता अतिआवश्यक कुराहरुको पहुँच नपुगेका नै कारण विभिन्न स्थानहरुमा खेति योग्यमा वस्ति वसाईएको छ र आफ्नो विभिन्न आधारभूत आवश्यक्ता पूरा गर्नेका लागि विभिन्न स्थानहरु छोडेर स्थान्तरण गर्दा कतिपय खेति योग्य जमिन बाझै रहेको छ । यस्तो विभिन्न कारणले गर्दा हाम्रो धान खेति पनि कम हुन थालेको छ । अब यसको न्यूनिरण गर्नका लागी सरकाको महत्वपूर्ण भूमिका रहेको छ । हाम्रै देशमा र अहिलेको विभिन्न प्रदेशहरुमा यस्ता आधारभूत कुराहरु त्यहि स्थानमा उपलब्ध गराएमा विभिन्न किसिमका समस्याहरु झेल्नु पर्दैन । त्यसैले अब हाम्रो देशमा खेति योग्य जमिनलाई जगेर्ना गर्नु पर्दछ र कृषि प्रदान देशको सार्थकता अपनाउनु पर्दछ ।

    लेखीका, शान्ति बस्नेत विद्यार्थी राजनितिमा सक्रिय हुुनुहन्छ ।

     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org