समाचार

  • तेन्जिङ हिल्लारी विमान स्थलमा ४ दिन देखि विमान थन्कियो,यात्रु अलपत्र ।

    news

     
    खगिन्द्रराज बास्तोला,सोलु एफ एम,असार १८ ।
    सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमान स्थल लुक्लामा ४ दिन देखि विमान थन्किएको छ । मौसम प्रतिकुलताका कारण शुक्रबार अवतरण भएका तारा एयरको नाईन एनए केके कल साईन भएको विमान उडान हुन नसक्दा लुक्लामा नै थन्किएको हो ।
    शुक्रबार मौसम प्रतिकुलताका बावजुत नै अवतरण गरिएका २ ओटा विमान मध्ये समिट एयरको विमान यात्रु लिएर फर्किए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयरईन्स लुक्लाले जनाएको छ । लुक्ला विमान स्थलमा उडान हुन नसक्दा पर्यटकहरु अलपत्र परेको तारा एयरका स्टेशन ईन्चार्ज फुनुरु शेर्पाले बताउनुभयो । 
    तत्काल मौसममा सुधार हुने छाटकाट नदेखिए पछि कतिपय यात्रुहरु पैदल मार्फत सदरमुकाम सल्लेरी हुदै सडक मार्गबाट गन्तब्यतय गरेका छन् । केहि पर्यटकहरु लुक्लाबाट करिब १ घण्टाको पैदल यात्रा गरी शुर्केबाट हेलिकप्टरबाट चार्टर गरी फर्किए पनि आजबाट हेहिकप्टर समेत अवतरण हुन नसक्दा पर्यटकहरु अलपत्रपरेका छन । लुक्लामा अहिले विदेशी तथा स्वदेशी गरी झन्दै एक सय जति पर्यटकहरु काठमाण्डौ फर्कने तयारीमा रहेको स्थानियले बताएका छन् । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org