समाचार

  • इलाका प्रशासन कार्यालय सोताङको सेवा प्रभावीत

    गाविस सचिव गाविसमा नहुदा इलाका प्रशासन कार्यालय सोताङको सेवा प्रभावीत भएको छ । करिब एक महिना पछि बिहिबार इलाका प्रशासनका प्रमुख कार्यालयमा हाजीर भएसंगै सेवा पुन सुचारु भए पनि गाविस सचिव गाविस बाहिर रहदा सेवा प्रभावीत भएको हो ।

    सोलु एफ एमसग कुराकानी गर्नुहुदै इलाका प्रसाशन कार्यलय सोताङका कार्यलय प्रमुख खेम भट्टराईले सचिव विना नागरिकताको सिफारिस लगायतका काम नहुने भएकाले आफु कार्यलयमा हाजिर भए पनि सेवा प्रभाहमा समस्या भएको बताउनु भयो ।

    गत पुस २८ गते जिल्लामा कर्मचारी अपुग भएको भन्दै कायम मुकायम अधिकृत खेम भट्टराई जिल्ला प्रसाशन कार्यलय सोलुखुम्बु आउनुभएपछि कार्यालयको सेवा ठप्प थियो । सेवा ठप्प हुदा कोशी पारीका नागरिकहरु नागरिकता बनाउन समेत २ दिन हिडेर सदरमुकाम आउन बाध्य थिए ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org