ताजा खबर

समाचार

  • सोलुखुम्बुका द्धन्द पिडितहरुले आर्थिक साहयता पाउने ।

     
    महेन्द्र शाही,सोलु एफ एम,असार २५–सोलुखुम्बुका द्धन्द पिडितहरुले सोमबारबाट आर्थिक साहयता पाउने भएका छन् । द्धन्द्धको क्रममा मृत्यु भएका र वेपता भएका परिवारलाई स्थानिय शान्ति समिति सोलुखुम्बुले प्रतिपरिवार १० लाख रुपैयाका दरले  आर्थिक सहायता दिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा सोमबारबाट २८ गते सम्म सहायता रकम वितरण गरिने स्थानिय शान्ति समिति सोलुखुम्बुका सचिव बाबुराम आर्चयले जानकारी दिनुभयो । 
    सोलुखुम्बुमा द्धन्द्ध कालमा १ सय ६१ जनाको मृत्यु भएको, १२ बेपता पारिएका र ४ सय ८३ जना विस्थापित भएको तथ्याङक रहेको छ । जसमध्ये १ सय ११ जनाले १० लाख बुझिसकेका छन भने १४ परिवारले पाँच लाख बुझिसकेको स्थातिय शान्ति समिति सोलुखुम्बुले जनाएको छ । 
    पहिलो चरणमा सहायता रकम पाउन बाट छुटेका परिवारलाई प्रतिपरिवार १० लाख रुपौँयाका दरले रकम प्रदान गरिने जनाइएको छ ।  त्यसैगरी पहिलो चरणमा ५ लाख पाइसकेको परिवारलाई बाकी रकम प्रदान गरिने स्थानिय शान्ति समिति सोलुखुम्बुले जनाएको छ । असार २८ गते सम्ममा पनि छुटेकाले नाता प्रमाण पत्र नागरिकता सहित निवेदन दिन सकिने सचिव आचार्यको भनाइ रहेको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org