समाचार

  • नेपाल टेलिकम, सल्लेरीले ग्राहकको माग अनुसार ईन्टरनेट सेवा दिन सकेन ।

    news

     
    सोलु एफ एम,असार ३१ ।
     नेपाल टेलिकम, सल्लेरी शाखाले ग्राहकको माग अनुसार ईन्टरनेट सेवा दिन नसकेको पाइएको छ । जिल्लामा  बितरण हुँदै आएको एडिएसएल इन्टरनेट सेवा प्रति ग्राहकको माग बढ्दो भए पनि त्यस अनुरुप सेवा दिन नसकेको नेपाल टेलिकम सल्लेरीले जनाएको छ । सल्लेरी शाखासँग एडिएसएलका लागि १ सय ९२ मात्र पोर्ट क्षमता रहेकाले सेवा बिस्तार गर्न नसकिएको टेलिकमका प्राविधिक रमेश साहले जानकारी दिनुभयो ।
    प्राविधिक शाहका अनुसार त्यसमध्ये पनि एउटा पोर्टमा मात्र समस्या आए पनि १६ लाईनमा समस्या आउने गर्दछ । अहिले टेलिकमले प्रयोग गरिरहेको नयाँ ई–टेन सिस्टम आएमा यो समस्या समाधान हुने साहको भनाइ रहेको छ ।
    नयाँ सिस्टमको सेवा पत्तालेसम्म आइ पुगिसकेकाले अबको १ महिनामा सल्लेरीसम्म ल्याई समस्या समाधान गर्ने पहल भईरहेको टेलिकमले जनाएको छ । नयाँ सिस्टम जडानसँगै पोर्ट संख्या ७ सय ६८ पुग्ने छ ।
    यसअघिको एडिएसलमा धेरै ठाउँमा रिपिटर लिंक भएकाले फ्रिक्वन्सी जुधेका कारण इन्टरनेट सेवामा समस्या आएकाले नयाँ प्रविधि आए पश्चात यो समस्या कम हुने प्राविधिक शाहको भनाई छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org