समाचार

  • समृद्ध नेपालको मुख्य आधार नै कृषिः प्रदेश सभा सासंद राजभण्डारी ।

    news

     
         सोलु एफ एम,श्रावण १
    सोलुखुम्बु प्रदेश सभा खका सासंद बुद्धिकुमार राजभण्डारीले कृषिलाई आत्मसाथ नगरी समृद्ध नेपाल सम्भव नहुने बताउनुभएको छ । जिल्ला बागवानी केन्द्र फाप्लुले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्नुहुदै सासंद राजभण्डारीले समृद्ध नेपालको मुख्य आधार नै कृषिमा ब्यवसायिकरण भएको बताउनुभएको हो । 
         उहाले नेपाल कृषि प्रदान मुलुक भएकाले कृषिलाई बढवा दिँदै अघि बढ्न सकियो भने मात्रै समृद्ध नेपाल बास्तविकतामा परिणत हुने बताउनुभयो । कृषिमा प्रसास्त सम्भावना हुँदाहुदै पनि माटो छुन हिचकिचाउने बानीका कारण कृषिको विकास हुन नसकेको सासंद राजभण्डारीको भनाई छ । जबसम्म एक घर एक कृषि निति ब्यवहारमा कार्यान्वयन हुँदैन तबसम्म समृद्ध नेपाल, समृद्ध नेपाली नीतिले सार्थकता पाउन नसक्ने वहाँले बताउनुभयो ।
         यस्तै कार्यक्रममा बोल्नुहदै जिल्ला समन्वय समितिका अध्यक्ष वीरकुमार राईले कृषिको महत्व बुझेर अघि बढ्न सकियो भने मात्रै कृषिमा विकास हुने बताउनुभयो । वहाँले जिल्लामा किविको प्रसस्त सम्भावना हुदाँहुदै पनि यसको महत्व बुझ्न नसक्दा कृषक पछि परेको बताउनुभयो । वहाँले सम्भावनाको सदुपयोग गरी बेरोजगार युवाहरुले कृषिमा आर्कषित हुन सकेमा बेरोजगारी समस्या हल हुने विश्वास ब्यक्त गर्नुभयो । 
    बागबानि केन्द्रका प्रमुख चन्द्रमान श्रेष्ठले विकासमा समन्वय गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रमुख श्रेष्ठले समन्वय विनाको विकासले दिगो नतिजा दिन नसकिने बताउनुभयो । उहाले बागबानी केन्द्र फाप्लुलाई प्रदेश नम्बर १ कै नमुनाको रुपमा विकास गर्न सबै सरोकारवालाहरुले समन्वय गरी अगाडी बढ्न आग्रह समेत गर्नुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org