समाचार

  • सोलुखुम्बुका तीन भिन्न युवा सम्मानित,

     
    महेन्द्र शाही,श्रावण १ सोलु एफ एम
    सोलुखुम्बु युवा समितिले फरक फरक क्षेत्रका युवाहरुलाई नगद सहित सोमबार सम्मान गरेको छ । जिल्लामा रहेका युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको जिल्ला युवा समितिले जनाएको छ । जम्मा ७ जनाले निवेदन दिएको र त्यसबाट तीन जना छानिएको अध्यक्ष नविन थापाले जनाकारी दिनुभयो ।
         सम्मानित हुनेमा साहित्य तर्फ युवराज शर्मा, उद्योग तर्फ चिरन्जीवी कार्की र खेलकुदबाट अल्ट्रा धाविका निरकला कुलुङ् रहनु भएको छ । वहाहरुलाई जनहि ७ हजार नगद र प्रमाणपत्रबाट सम्मानित गरिएको छ । युवराज शर्माले सगरमाथा नाट्य समूह मार्फत कलासाहित्यको विकासमा सहयोग पु¥याएकोमा सम्मानित हुनुभएको हो ।
    चिरन्जीवी कार्कीले विगत ४ वर्षदेखि डेरि उद्योग सञ्चालन गरीे दुधको सङ्कलन गरिरहनु भएको छ । निरकला कुलुङ लामो समय देखि अल्ट्रा खेलमा लागेर विभिन्न प्रतिस्पर्धामा प्रथम हुनुभएको थियो । सुरुमा २५ किलोमिटमा प्रतिस्पर्धा गरेकि कुलुङले पछिल्लो समयमा ५२ किलोमिटरदेखि ६० किलोमिटरमा प्रतिस्पर्धा गरिरहेका जानकारी गराउनु भयो ।
         लाङ्टाङ म्याराथुन, एभरेष्ट म्याराथुनको उपाधि उचालि सक्नुभएकी कुलुङ् जिल्लाले आपूmलाई नचिनेकोमा दुखेसो समेत व्यक्त गर्नुभयो । सम्मानित सबै युवाहरुले आपूmहरुलाई अझ राम्रो गर्न हौसला मिलेको र आगामि दिनमा अझ मेहेनत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org