समाचार

  • परिवार नियोजन सम्वन्धी मोवाइल घुम्ती शिविर सम्पन्न

    परिवार नियोजन सम्वन्धी मोवाइल घुम्ती शिविर  सम्पन्न
    सोलुखुम्बुको कोशीपारीको गाविसमा परिवार नियोजन सम्वन्धी मोवाइल घुम्ती शिविर  सम्पन्न भएको छ । माग २२ देखि २५ गते सम्म वुङ छेस्काम र गुदेल गाविसमा भएको शिविरबाट ८२ जनाले सेवा लिएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर खत्रीले जानकारी दिनुभयो ।  खत्रीले शिविरबाट अस्थाई परिवार नियोजनका साधन १२ बर्षका लागि आयुसिडि र ५ बर्षका लागि इम्प्लान्ट  राख्ने साथै परामर्श दिने काम गरेको बताउनुभयो । माग बढि भएपनि साधनको अभावमा ८२ जनालाई मात्र सेवा दिन सकेको उहाँले उल्लेख गर्नुभयो ।

    ५५ जनाको लागि इम्प्लान्ट सेवा, ६ जनालाई आयुसिड र २६ जनाको  इम्प्लान्ट निकालिएको गुदेल स्वास्थ्य चौकीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको  आर्थिक सहयोगमा  प्राथमिक स्वास्थ्य केन्द्र सोताङ तथा गुदेल स्वास्थ्य चौकी गदुेलको प्राविधिक सहयोगमा  शिविर सम्पन्न भएको हो । माग बढि भएकोले यही आर्थिक बर्ष भित्र फेरी शिविर गरिने इन्चार्ज खत्रीले बताउनुभयो । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा औषधि अभावको खबर आईरहेका बेला वुङ छेस्काम र गुदेलका स्वास्थ्य संस्थामा भने औषधि अभाव नरहेको खत्रीले बताउनुभयो ।

    आफैले ३ वटा गाविसका लागि औषधि ढुवानी गरेको भन्दै फागुन सम्म पुग्ने पर्याप्त औषधि स्टक रहेको दावी उहाँले गर्नुभयो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org