समाचार

  • युएईमा खतरनाक ट्रक दुर्घटनामा परेको युवा भाग्यले बाँचे

    रामधन राई÷ सोलु एफ एम, खोटाङ
    साउन–८, युएईको सडकमा भयानक ट्रक दुर्घटनमा परेको खोटाङ खार्मीको योगेश राई भाग्यले बाँचेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा केही महिना अघि युएई पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका युवा योगेशलाई आवुधबीमा साता दिन अघि ट्रकले ठक्कर दिएकोमा हाल सकुशल रहेको आफन्तले जनाएका छन् । 
    नेपालमा रहेका आफन्तलाई रेमिट्यान्स पठाउन साईकल चढेर गईरहेको अवस्थामा ट्रकले पछाडीबाट ठक्कर दिएका थिए । ट्रकले साईकल कच्याककुचुक पारे पनि शरीरलाई भने टायरले नभेटेको आफन्त उमेश राईले बताउनुभएको छ । युएईमै रहेको आफन्त राईको अनुसार योगेश ड्युटिबाट फर्केर साईकल चढि नेपाल पैसा पठाउनु जाँदै गर्दा ठुलो ट्रकले पछाडिबाट ठक्कर दिएका थिए । भाग्यवस ट्रकले साईकल कुच्याए पनि योगेशको शरीरलाई भने ट्रकको टायरले नभेटी बीचबाट गएको थियो ।  
    डाक्टरको भनाई अनुसार सामान्य चोट सहित योगेश करिव १२ घण्टासम्म बेहोस् रहेको थियो । उनको पिठ्युँको हड्डि भाँचिएको बताईएको छ । अप्रेशन गरेपछि अवस्था सामान्य हुने डाक्टरले जानकारी दिएको आफन्तले जनाएका छन् ।  
    योगेश कार्यरत कम्पनिको तर्फबाट सुविधा सम्पन्न उपचार भईरहेको घाईंते योगेशको गाउँले मामा उमेश राईले प्रष्ट्याउनुभएको छ ।  दुर्घटनाको दोषी ट्रक चालक जेलमा राखिएको छ । डाक्टरले घाईंतेको अवस्था सामान्य भएकोले नआत्तिन आफन्तलाई सल्लाह दिएका छन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org