समाचार

  • दलितका नाममा आएको रकम दुरुप्रयोग भयो ः अध्यक्ष विश्वकर्मा

    news

    सोलु एफ.एम साउन,१९ सोलुखुम्बु ः नेपाल दलित सँघ सोलुखुम्बुका अध्यक्ष कर्ण बहादुर विश्वकर्माले स्थानिय तहमा दलित शिर्षकको रकम मध्ये करिब ७० प्रतिशत बजेट दुरुपयोग हुने गरेको दाबी गर्नुभएको छ । अध्यक्ष विश्वकर्माले हरेक स्थानिय तहहरुले दलित शिर्षकको बजेट गैरदलितले प्रयोग गरिरहेको पाइएको बताउनुभएको हो । 
    उहाले दलितहरुको चेतनाको अभाव र जानकार नहुदा लक्षित बर्ग अन्र्तगत दलित शिर्षकको रकममा करिब ३०÷३५ प्रतिशत मात्रै सहि ठाउमा प्रयोग हुने गरेको दाबी गर्नुभयोे । अब हरेक स्थानिय तहको दलित शिर्षकको रकम दुरुपयोग हुन नदिन नेपाल दलित सघले निगरानी गर्ने अध्यक्ष विश्वकर्माको भनाई छ । 
    सामाजिक कुसँस्कारका कारण छुवाछुतको अन्य हुन नसकेकोले समाजमा अझ पनि छुवाछुत कायम रहेकाले समाजमा चेतनाको स्तरमा बृद्धि गर्न जनचेतनामुलक कार्यक्रमको खाचो औल्याउनुभयो ।
         दलितका विषयमा संविधानका पानामा लेखिए पनि व्यवहारीक रुपमा कार्यन्वयन हुन नसकेकाले दलितहरु आफ्नो हक अधिकारकारबाट बञ्चीत हुनु परेको उहाले बताउनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org