समाचार

  • पाकिस्तानको निर्वाचन आयोग पूर्ण स्वायत्त

    news

    फागुन १ – पाकिस्तानले निर्वाचन अयोगलाई पूर्ण रुपमा स्वायत्त बनाउने निर्णय गरेको छ । चुनाव सुधार सम्बन्धी संसदीय समितिले दिएको सुझाव अनुसार पाकिस्तान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्त बनाउने निर्णय गरेको पाकिस्तानी पत्रिका दुनियाले जनाएको छ ।

    यस्तै चुनावमा महिला सहभागीको विषयमा पाकिस्तानले सुधार गरेको छ । नयाँ नियम अनुसार हरेक राजनीतिक पार्टीले कुनै पनि चुनावमा कम्तिमा पाँच प्रतिशत टिकट महिला उम्मेदवारलाई दिनु पर्ने भएको छ ।

    यस्तै कुनै पनि सिटका लागि भएको मतदानमा कम्तिमा १० प्रतिशत महिलाको मत परेमा मात्रै त्यसले वैधानिकता पाउने व्यवस्था पनि गरेको छ । यसलाई चुनावमा महिला सहभागिताको पक्षमा पाकिस्तानले गरेको राम्रो सुधार मानिएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org