समाचार

  • नमुना पर्यटकिय पदमार्ग निर्माण गर्दै खुम्बुपासाङल्हामु गाउँपालिका ।

    news

    भोजराज कार्की, साउन २१
    सोलुखुम्बु ः खुम्बु पासाङल्हामू गाउँपालिका वडानं. ३ टोकटोकदेखी बेङ्करसम्मको पर्यटकीय मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको पर्यटकीय पदमार्ग निर्माण गर्ने बहु वर्षीय योजना अन्तर्गत निर्माण गरिएको गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो । 
    गाउँपालिकाको ३५ लाख रकम बाट उक्त बाटो निर्माण गरिएको प्रवक्ता शेर्पाको भनाइ छ । पर्यटकीय सिजनमा पर्यटक, पर्यटक भरिया, जोक्पे, खच्चड आवतजावतमा समस्या हुने भएपछि अफ सिजनमा काम गरिएको बाटो निर्माण समितिका अध्यक्ष नुरुजाङवु शेर्पाले बताउनुभयो ।
    अध्यक्ष शेर्पाका अनुसार ८५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । अबको केही समयपछि बाटो निर्माण कार्य सम्पन्न गरि पर्यटकीय सिजनमा पर्यटक, पर्यटक भरिया, लगायतलाई आवतजावतमा सहजता हुने विश्वास लिईएको छ । चट्टानमा रड र सिमेन्टको प्रयोग गरि रेलिङ सहित बाटो निर्माण गर्ने काम भइरहेको छ । उक्त पदमार्गमा यो अहिले सम्मकै नमुना मार्ग बन्ने गाउँपालिकाको विश्वास छ । 
    सगरमाथा क्षेत्र प्रवेश गर्ने सबैभन्दा अप्ठ्यारो बाटोको रुपमा निर्माणधिन बाटो पर्दछ । भीर अनि तलमाथि चट्टानै चट्टान भएको हुनाले मानिस, जोक्पे, खच्चड लगाय अन्य चौपाया समेत लड्ने गरेको हुँदा सो बाटोलाई प्राथमिकतामा राखी निर्माण तथा मर्मत गरिएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org