ताजा खबर

समाचार

  • बार्सिलोनाका भिडाल ५ महिना खेल्न नसक्ने

    news

    फागुन १ – बार्सिलोनाका फुल–ब्याक एलेक्स भिडाल अबको पाँच महिना खेल्न नसक्ने भएका छन् । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति

    एलाभेससँगको खेलको क्रममा भिडालको दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको हो । उनको जोर्नी टुटेको छ । खेलको ८५ औं मिनेटमा एलाभेसका थियो हर्नान्नडेजसँग ठोक्किएपछि उनको गोलीगाँठोमा चोट लागेको हो । त्यसपछि २७ वर्षका भिडाललाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।

    उनको चोट गम्भीर रहेको र यो सिजनका बाँकी खेल खेल्न नसक्ने जनाइएको छ । ओसासुनासँगको खेलमा बार्सिलोना ६–० ले विजयी भयो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org