समाचार

  • गोताखोर टोलीले हिमतालमा बेपत्ता विद्यार्थी खोज्न सुरु ग¥यो ।

    भोजराज कार्की
    साउन २३, सोलु एफ एम 
    सोलुखुम्बु ः     हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि आएको शसस्त्रको गोताखोर टोलीले बुधबार बिहान देखी काम सुरु गरेको छ । मंगलबार हेलिकप्टर मार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ देखी काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।
         ४८ मिटर गहिरो उक्त हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिईएको छ ।     मंगलबार दिउसो २ बजे खुम्बुपासाङल्हमु गाउँपालिकाको मच्छेरमुमा अवतरण गराईएको टोली तीन घण्टाको पैदल यात्रा पछि साझ गोक्यो पुगेको थियो । गोक्योमानै अवतरण गर्ने योजना भएपनि मौसम प्रतिकुलताको कारण मच्छेरमुमा अवतरण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।
          जिल्लामा तालिम प्राप्त जनशक्ति र साधन नहुदा उद्धारमा समस्या भएकाले ५ जनाको गोताखोर सहितको टोली गोक्यो आएको हो । शसस्त्र प्रहरीका प्रहरी नावय निरिक्षक रामचन्द्र खड्काको नेतृत्वमा ५ जनाको गोताखोर टोली गोक्यो पुगेको छ ।
          खुम्बु पासङ गाउपालीकाका जनप्रतिनिधि, प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेश सभा (क) का सांसद उत्तम कुमार बस्नेत र प्रदेश सभा (ख) का सांसद बुद्धिकुमार राजभण्डारीको पहल तथा जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुको समन्वयमा गृहमन्त्रालयले गोताखोरको टोली गोक्यो पठाएको प्रजिअ रानाको भनाई छ ।
         उद्धारका लागी सम्पुर्ण ब्यवस्थापनको जिम्मा खुम्बु पासङल्हमु गाउपालीकाले लिएको छ । भौगोलिक बिकट्ताको कारण पैदलयात्रा मार्फत पुग्न सक्ने संभावना नभएपछि हेलिकप्टरको माध्यमबाट आउने जाने गरिएको छ । हेलिकप्टर सहितको व्यवस्थापनको सम्पुर्ण कामको जिम्मेवारी खुम्बुपासाङ ल्हामु गाउँपालिको लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो ।
     
    शैक्षिक भ्रमणमा लैजाने शिक्षक निलम्बीत ।
         विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउदै जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई जना शिक्षकलाई निलम्बन गरिएको छ । गाउँपालिकाको निर्देशनमा विद्यालय व्यवस्थापन समितिको आईतबार बसेको बैठकले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो । शेर्पाले भन्नुभयो, “घट्नाको सत्यतथ्य छानबीन गरि कार्वाही प्रकृयामा सहयोग गर्ने उदेश्यले शिक्षकलाई निलम्बन गरिएको हो ।”
         हिमालयन ट्रष्टको सहयोगमा खुम्जुङका स्थानीय छुङजिङ दोर्जे शेर्पा र भक्तपुरका रन्जित बलललाई विद्यालय प्रशासनले मौसम प्रतिकुलता भएकाले शैक्षिक भ्रमण रद्धगर्न आग्रह गरेका थिए । तर विद्यालय प्रशासनको उक्त भनाईलाई लक्षित गर्दै उनीहरुले सामाजीक सञ्जालमा प्रशासनको आलोचना समेत गरेका थिए, अध्यक्ष शेर्पाले भन्नुभयो । “विद्यालय प्रशासनको निर्देशन विपरित काम गर्नेलाई कार्वाही गर्न गाउँपालिका सकरात्मक छ ।”
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org