समाचार

  • गोताखोर टोलीद्धारा हिमतालमा डुबेर बेपत्ता भएका एक विद्यार्थीको शब निकाल्या ।

    news

     सोलु एफ.एम.साउन २३ सोलुखुम्बु ः गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका एक विद्यार्थीको शब निकाल्न सफल भएको छ । शसस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार पौडि खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका करिब १६ बर्षिया पेम्बा नुरु शेर्पाको शब निकालेको हो ।
          बुधबार बिहान ९ः४५ देखाी खोजी कार्य सुरु गरेको टोलीले मध्यन्ह साढे ११ बजे तीर पेम्बाको शब निकालेको सोलुखुम्बुका प्रहरी निरिक्षक हरणकुमार यादवले जानकारी दिनुभयो । काठमाडौंबाट हेलिकोप्टरमा मंगलबार सोलुखुम्बु आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालको २५ मिटर गहिरो स्थानबाट पेम्बाको शव निकालेको वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । 
    सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता विद्यार्थीको खोजी सुरु गरेका हुन् । मौसम खुलेपनि उच्च स्थानमा ताल भएकाले लामो सयम डुबेर खोज्न भने गोताखोरहरुलाई समस्या भएको बताईएको छ । बुधबार साझ ५ बजे सम्म उनीहरुले खोजी कार्य जारी राखेका थिए । बिहिबार बिहान देखी पुन खोजी कार्य गर्ने सुरु हुने शसस्त्र प्रहरी बल सोलुखुम्बुका प्रमुख प्रहरी नावय उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो ।
    विश्व रामसार सूचीमा सूचीकृत गोक्यो हिमताल समुद्री सतहबाट ४ हजार ७५० मिटरको उचाइमा अवस्थित छ । ‘हाइ अल्टिच्यूड’मा रहेको हिमताल भएका कारण यहाँको तापक्रम सधैं माइनस २ डिग्री सेल्सियसभन्दा कम हुने बताईन्छ ।
    माइनस तापक्रम भएको तालमा डुबेकाको करिब ३० मिनेटसम्ममा उद्धार गरेर सघन उपचार गर्नसकेमामात्र बाँच्ने सम्भावना हुने हिमालयन रिसर्चका अध्यक्ष डा. धनञ्जय रेग्मीले बताउनुभयो । केही महिना अघिमात्रै यस तालकाबारेमा विस्तृत् अध्ययन गर्नुभएका डा. रेग्मीले गोताखोरको टोलीलाई पनि धेरै कठिन हुने बताउनुभयो ।
    अहिले सशस्त्र प्रहरीका ५, नेपाली सेनका ५ र नेपाल प्रहरीका ५ जनाको टोलीले डुबेका विद्यार्थीको खोजि कार्यमा रहेका वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । खुम्जुङ माध्मीक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाँदा तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता बनेका थिए ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org