समाचार

  • एसियाकै कान्छो आरोही बन्ने अर्विनको लक्ष्य ।

    news

    सोलु एफ.एम.साउन २३ सोलुखुम्बु ः  विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका माप्य दुधकोशी गाउँपालिका निवासी २३ वर्षीय नर्विन मगरले दक्षिण अफ्रिकाको किलिमान्जरो हिमालकोसमेत सफल आरोहण गरेका छन् । सातैवटा महादेशको अग्लो हिमाल आरोहण गरेर एसियाकै कान्छो आरोहीको रेकर्ड कायम गर्ने अभियानअन्तर्गत उनले किलिमान्जरो हिमाल चढेका हुन् ।  
    उनले गत साउन १९ गतेको दिन विहान ४ः४५ बजे ५८९५ मिटर उचाईको किलिमाञ्जरो हिमाल आरोहण गरेका हुन् । गत बसन्त ऋतुमा सगरमाथाको सफल आरोहण गरेर मगर समुदायकै कान्छो आरोहीको रेकर्ड बनाएका उनले अहिले बाँकी पाँच वटा महादेशको अग्लो हिमाल चढ्ने तयारीस्वरुप अभियान सञ्चालन गरिरहेका छन् । 
    अब उनले यूरोपको सबैभन्दा अग्लो हिमाल इलबु्रस (५६४२ मि.) चढ्नेछन् । त्यसपछि क्रमशः अरु हिमाल चढ्ने तयारी गरेको आरोही मगरले जानकारी दिए । सुरक्षित भविष्यका लागि हिमाल बचाउँ भन्ने मुल नाराका साथ अभियानमा जुटेका आरोही मगरले अहिले आर्थिक अभावले थप अभियान अगाडि बढाउन समस्या भइरहेको भन्दै सहयोगको अपिलसमेत गरे ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org