समाचार

  • सोलुखुम्बुका प्रहरी प्रमुख रेशमबहादुर पराजुलीको बिदाई ।

    news

    सोलु एफ.एम.साउन २३ सोलुखुम्बु ः  सोलुखुम्बुका प्रहरी प्रमुख एवम् प्रहरी नावय उपरीक्षक रेशमबहादुर पराजुलीको बिदाई गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक सुरक्षा शाखामा सरुवा भएपछि प्रनाउ पराजुलीलाई आज बिदाई गरिएको हो ।
    विदाई कार्यक्रममा वोल्नु हुदै प्र.न.उ पराजुलीले सोलुखुम्वुको वसाई अत्यन्तै फलदायी रहको वताउनु भयो । उहाँले सोलुखुम्वु जिल्ला भौगोलिक विकटताको हिसावले काम गर्न गाह्रो भएपनि जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नका लागि आफुसधै लगनशील भएर अग्रसर रहेकोे बताउनुभयो । जिल्लामा रहेर काम गर्ने क्रममा धेरै चुनौती आएपनि शान्ति सुव्यवस्था कायम राख्न सहयोग गर्नु हुने सम्पुर्ण सञ्चार माध्यम तथा सोलुखुम्वुवासीलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
          यसै विच सामुदायिक रेडियो सोलुएफएमले जिल्लामा कार्यरत रही कुशलता पुर्वक जघन्य अपराधको अनुसन्धन तथा नियन्त्रण गरी मनन योग्य कार्य गरेको भन्दै प्रहरी नायव उपरीक्षक पराजुलीलाई धन्यावाद ज्ञापन गदै प्रशंंसा प्रदान गरेको छ । रेडियो कार्यक्रम मार्फत जनचेतना जगाउनको लागि सोलु एफ एम संगको सहकार्य प्रति आभार प्रकट गर्दै स्टेन मेनेजर भोजराज कार्कीले प्रंशंसा पत्र प्रदान गर्नुभयो । अहिले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफ एमको साझेदारीमा साप्ताहीक रेडियो कार्यक्रम सञ्चालन भईरहेको छ । प्रत्येक हप्ताको शुक्रबार साझ साढे सात बजे प्रशारण हुने उक्त कार्यक्रम सोलु एफ एकको लोकप्रीय कार्यक्रम बनेको भन्दै सबैले सुन्नैपर्ने कार्यक्रम रहेको प्रनाउ पराजुलीले बताउनुभयो । 
    प्र.न.उ पराजुली २०७४ साल भदौ ७ गते सोलुखुम्वु आउनु भएको थियो । विदाई कार्यक्रममा जिल्लामा रहेका प्रहरी, सरकारी कार्यलयका कर्मचारी तथा जिल्लामा रहेका सञ्चार माध्यमका सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org