समाचार

  • हिमतालमा बेपत्ता विद्यार्थीको खोजी कार्य जारीे विहिबारको प्रयास असफल ।

    news

    सोलु एफ.एम.साउन२४, सोलुखुम्ब ः गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको शब निकाल्ने कार्य विहिबार पनि जारी राखेको छ । बुधबार एक जनाको शब निकालेको टोलिले विहिबार दिनभर पनि खोजिकार्य जारि राखे पनि अरु लास निकाल्न भने सकेन ।
          सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता विद्यार्थीको खोजी सुरु गरेका हुन् । मौसम खुलेपनि उच्च स्थानमा ताल भएकाले लामो सयम डुबेर खोज्न भने गोताखोरहरुलाई समस्या भएको बताईएको छ । 
    विहिबार साझ ५ बजे सम्म उनीहरुले खोजी कार्य जारी राखे पनि अन्य शव निकान्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक हिरण कुमार यादवले बताउनु भयो ।  शुक्रबार विहानदेखी पुन खोजी कार्य सुरु हुने यादवले जानकारी दिनुभयो ।
    अहिले सशस्त्र प्रहरीका ५, नेपाली सेनका ५ र नेपाल प्रहरीका ५ जनाको टोलीले डुबेका विद्यार्थीको खोजी कार्यमा रहेका वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । खुम्जुङ माद्यामीक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाँदा तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता बनेका थिए ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org