समाचार

  • मालपोत कार्यलय सोलुखुम्बुको भवन जोखिममा ।

    news

    सोलु एफ.एम.साउन२४, सोलुखुम्ब ः जिल्ला मालपोत कार्यलय सोलुखुम्बुको भवन जोखिममा परेको छ । केहि दिन देखिको नियमित बर्षातका कारण जमिन भासिदा कार्यलय नै जोखिममा परेको हो । खोलाको नजिकै रहेको भवनको जग्गा पानीको कटानका कारण जमिन नै भासिएको छ । जमिन भासिदा कार्यलयसगै रहेको शौचालय करिब चार ईन्च सरेको मालपोत कार्यलयका प्रमुख रामचन्द्र भण्डारीले बताउनुभयो । समयमै रोकथाम नगरिए कार्यलयको भवन समेत जोखिममा पर्ने सम्भावना देखिएको छ । 
    करिब ७ बर्ष अघि निर्माण गरिएको उक्त भवनको जग निर्माण गर्दा खोल्साको भागमा तारजालीको प्रयोग नगरिएकाले जमिन नै फाट्न थालेको कार्यलय प्रमुख भण्डारीको भनाई छ । कमसल निर्माण सामाग्री तथा निरन्तर बर्षाका कारण कार्यलयक छेउको खोल्साबाट पहिरो समेत जान सुरु भएको सेवाग्राहीकोे भनाई छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org