समाचार

  • सोताङको आधारभूत विद्यालयलाई शैक्षिक सामग्र सहयोग ।

    news

    सोलु एफ.एम.साउन२४, सोलुखुम्ब ः सोलुखुम्बुको सोताङ आधधारभुत विद्यालयलाई प्रिन्टर सहयोग प्राप्त भएको छ । सोताङ गाउपालीका ३ स्थित उक्त विद्यालयलाई विहिबार सुकुमाया फाउन्डेसनले प्रिन्टर हस्तानतरण गरेको हो । विहिबार विद्यालयमा आयोजित एक कार्यक्रममा फान्डेशनका अध्यक्ष दिप राईले प्रिन्टरका साथै १ थान भलिबल र नेट हस्तान्तरण गर्नुभएको हो । नेपाली काग्रेंसका युवा नेता प्रकाशसिहं कार्कीको सहकार्यमा विद्यालयलाई सहयोग गरेको जनाइएको छ । 
    उक्त फान्डेशनले सो विद्यालयलाई विगत १ बर्ष देखि २ जना शिक्षक उपलब्ध गराई अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन सहयोग गर्दै आएको विद्यालयले जनाएको छ । साथै फान्डेशनले विद्यालयमा कम्प्युटर र विद्यालयको पोशाक समेत सहयोग गर्दै आएको प्रधानाध्यापक गुणराज गौतमले बताउनुयो । कार्यक्रममा बोल्नुहुदै प्रधानाध्यापक गौतमले फाउन्डेसनको सहयोग अतुलनिय रहेको भन्दै विद्यालयलाई पुर्ण अग्रेजी माध्यमको बनाउन थप शिक्षक उपलब्ध गराउन आग्रह गर्नुभयो । 
    त्यसैगरी फाउन्डेशनका अध्यक्ष राईले कार्यक्रममा बोल्नुहुदै आगामी बर्ष देखि विज्ञान विषयको शिक्षक उपलब्ध गराउने आश्वशन समेत दिनुभएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org